फर्जी हाजिरी गरी तलब भत्ता बुझेको आरोप

तत्कालीन प्रधानाध्यापकसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा

तत्कालीन प्रधानाध्यापकसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : राष्ट्रिय माध्यमिक विद्यालय लौकही, सुनसरीका तत्कालीन प्रधानाध्यापक धनीलाल यादवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले  राष्ट्रिय माध्यमिक विद्यालय लौकहीका तत्कालीन प्रधानाध्यापक धनीलाल यादव,भोली यादव,विरेन्द्र प्रसाद यादव र शिक्षक बालेश्वर यादवविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आयोगका प्रवक्ता नरहरि घिमिरेले विद्यालयका तत्कालीन प्रधानाध्यापकहरू धनीलाल यादव हाल अवकास (प्राप्त),भोली यादव हाल (अवकास), विरेन्द्र प्रसाद यादव र शिक्षक बालेश्वर यादवले विद्यालयमा गयल भएको अवधीको फर्जी हाजिर गरी /गराइ भ्रष्टाचार गरेको ठहर हुन आएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरेको जानकारी दिए।

शिक्षक बालेश्वरविरुद्ध नेपाल सरकारद्वारा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदमार्फत् प्रदान गरिने चिकित्सक शिक्षा अध्ययन छात्रवृत्तिअन्तरगत हेल्थ असिष्टेन्स विषयको खुल्ला कोटाअन्तरगत न्युरो मेडिकल कलेज विराटनगर मोरङमा शैक्षिक वर्ष २०७५/०७६ देखि ३ वर्षे अध्ययन अवधिमा विद्यालयमा अनुपस्थित भएको अवधिको तलब भत्ता सुविधा लिएको उजुरी परेको थियो। 

सोही उजुरीका आधारमा अनुसन्धान हुँदा  शिक्षक  यादवले  आफू न्यूरो हेल्थ कलेज विराटनगरमा अध्ययनरत रहँदाको ९१ दिनको फर्जी हाजिर जनाइ तथा  ४७ दिन गयल समेत भइ तोकिएको सरकारी कामकाज नगरी विद्यालयलाई हानी पु्र्‍याइ १ लाख ३० हजार ८ सय रुपैयाँ तलब भत्ताको रुपमा गैरकानुनी लाभ लिएको हुँदा उनीमाथि हदैसम्मको कैद तथा बिगो बमोजिम जरिवानाको सजाय मागदावी गरेको अख्तियारले जनाएको छ।

प्रधानाध्यापक धनीलालले पदको जिम्मेवारीमा रहँदा न्युरो हेल्थ कलेज विराटनगरमा अध्ययनरत रहेको अवधिमध्ये २०७५ साल आश्विनदेखि २०७६ साल फागुनसम्मको विद्यालय तथा गाउँपालिकाको कार्यालयसमेतको फर्जी हाजिरी ३५ दिन र गाउँपालिकाको कार्यालयमा काज कार्यरत रहँदा हाजिर खाली भइ गयल रहेको अवधि ३७ दिनको ६४ हजार ९०० रुपैयाँ भुक्तानी दिएको अनुसन्धानबाट खुलेको छ।

यसैगरी प्रधानाध्यापक भोलीले आफू जिम्मेवारीमा रहँदा न्युरो हेल्थ कलेज विराटनगरमा अध्ययनरत रहेको अवधिमा ३४ दिन फर्जी हाजिरी गराइ ३३ हजार ६१८ रुपैयाँ तलब भत्ता लिएको खुलेको छ।

अर्का प्रधानाध्यापक विरेन्द्रले पनि हेल्थ कलेज विराटनगरमा अध्ययनरत रहेको अवधिमा २२ दिनको फर्जी हाजिरी गराएको र गयल भएको १० दिनको गरी ३२ हजार ३२४ रुपैयाँ गैरकानुनी लाभ दिलाइ भुक्तानी दिएको पुष्टि हुन आएको अख्तियारले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.