'अनर एक्स८बी' को प्रि-बुकिङ खुला

'अनर एक्स८बी' को प्रि-बुकिङ खुला
सुन्नुहोस्

काठमाडौं : 'अनर एक्स८बी' को प्रि-बुकिङ खुला भएको छ। नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले अनर एक्स८बी को प्रि-बुकिङ २६ फेब्रुअरीबाट सुरु भएको घोषणा गरेको हो। यसको अवधि फेब्रुअरी २८ मा समाप्त हुनेछ। 

इन्नोवेशनका  लागि परिचित अनरले फेब्रुअरी २६ देखि बार्सिलोनामा आयोजित MWC मा आफ्नो नयाँ Magic Innovations लन्च गरेको हो। अनर एक्स८बीमा (१६+५१२) जिबी भेरियन्ट रहेको छ जहाँ १६ जिबीमा ८ जिबी आन्तरिक र ८ जिबी होनोर र्‍याम टर्बो समावेश छ। यसमा १०८ एम पी मेन क्यामेरा, वाइड र डेप्थ क्यामेरा र २ एम पी म्याक्रो समावेश छ। 

सेलट्रोन नेपालले १६+५१२ जिबी भेरियन्ट रहेको अनर एक्स८बीको मूल्य २९ हजार ९९९ रूपैयाँ तोकेको छ। प्रि–बुकिङ गर्ने ग्राहकहरूले ५ हजार ४९० मूल्य रहेको अनर च्वाइस इयरबड्स एक्स५इ लाई दुई हजार रुपैयाँमा प्राप्त गर्न सक्नेछन्। 

मोबाइल वर्ल्ड कांग्रेस अर्थात् एमडब्लुसी, टेक्नोलोजी र इन्नोवेशन लागि सबैभन्दा ठूलो इभेन्टहरु  मध्ये एक हो र अनरले उक्त कार्यक्रम मा Magic 6 Series, Magic V2 Series, र MagicBook Pro 16 लन्च गर्दैछ। जहाँ अनरले एमडब्लुसीमा आफ्नो नयाँ टेक्नोलोजी लन्च गरेर स्मार्ट्फोन जगतमा एक कदम अगाडि बढिरहेको छ। त्यहाँ अनर नेपालले पनि अनर ग्लोबलको कदमलाई पछ्याइरहेको छ। 

अनब्रेकेबल स्मार्टफोन अनर एक्स९बीको भव्य लन्चपछि अब अनर नेपालले अनर एक्स८बी नेपाली बजारमा भित्र्याउँदै एक्स सिरिजलाई विस्तार गरेको छ। विशाल ५१२ जी बि स्टोरेज भएको अनर एक्स८बीलाई कम्पनीले  "कम्प्युटर लेभल स्टोरेज" ट्यागलाइन दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.