बालविवाह विरुद्ध बालबालिका

बालविवाह विरुद्ध बालबालिका
सुन्नुहोस्

कालीकोट : कालीकोटमा बालविवाह विरुद्ध बालबालिकाहरू सक्रिय भएका छन्। बालविवाहका कारण बालबालिकाहरूले अकालमै ज्यान गुमाउनु पर्ने, शारीरिक, मानसिक, आर्थिक तथा सामाजिक रुपमा कमजोर हुनु पर्ने अवस्थालाई न्यूनीकरण गर्न बालबालिकाहरू बालविवाह विरुद्धको अभियानमा सक्रिय भएका हुन्। 

समाजमा बालविवाहका कारणले घरेलु हिंसासँगै अशान्ति फैलिने भएकाले प्रहरीको अगुवाइमा सडक कार्यक्रम गर्न थालेको १२ वर्षीया स्मृति देवकोटाले बताइन्। उनले भनिन्, 'जिल्ला सदरमुकाम मान्मामा रहेको नरहरिनाथ चोकमा बालविवाहले समाजमा पार्ने असरका बारेमा सडक कार्यक्रम मार्फत जानकारी गरेका छौं। सामाजिक सञ्जालको गलत प्रयोग, सानै उमेरमा हुने विवाह र त्यसले समाज तथा परिवारमा पार्ने नकारात्मक असरका विषयलाई समेटिएको सडक नाटकले सबै बालबालिकालाई सचेत बनाएको छ।'

८ वर्षदेखि १३ वर्षमुनिका बालबालिकाहरूले आफ्नो अभिनयद्वारा जिल्लावासीलाई सन्देश प्रवाह गरेर सबैको मन छोएको स्थानीयवासी बजुरे खड्काले बताए। उनले भने 'बालविवाह विरुद्ध बालबालिका नै अभियानमा लागेको खण्डमा बालविवाह न्यूनीकरण हुने पक्का देखिन्छ। गाउँका जान्ने सुन्नेहरू पनि अझै प्रहरीलाई बालविवाहका बारेमा जानकारी दिदैनन्।'

समाजमा व्याप्त रहेको बालविवाह गरिबी, अशिक्षा, साथीको लहलहै, आमाबुवाको कुरा काट्न नसकेर, सामाजिक सञ्जालको दुरुपयोगका कारण हुने गरेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक पोषण थापाले बताए। 

नागरिक समाजका अगुवा तुलाराम पाण्डेले सानै उमेरमा विवाह हुने र विवाह भएको केही समयमै विवाद उत्पन्न भएर घरेलु हिंसाका घटना बढ्न थालेको बताए। प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले सानै उमेरमा हुने विवाहले अपराध समेत निम्त्याउने भएकाले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.