शिक्षा विधेयक आएपछि शैक्षिक गुणस्तर वृद्धि हुन्छ, विधेयक पारित गर्न प्रयत्न गर्छु : सभामुख

शिक्षा विधेयक आएपछि शैक्षिक गुणस्तर वृद्धि हुन्छ, विधेयक पारित गर्न प्रयत्न गर्छु : सभामुख
सुन्नुहोस्

रामेछाप : सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयक पारित गर्न प्रयत्न गर्ने बताएका छन्। रामेछापको गोकुलगंगा माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई मंगलबार सम्बोधन गर्दै सभामुख घिमिरेले विधेयक पारित भएसँगै तीन तहको काम कर्तव्य र जिम्मेवारीको प्रभावकारी कार्यान्वयन हुने विश्वास व्यक्त गरेका हुन् । 

‘शिक्षालाई समयअनुसार वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमुलक, रोजगारमूलक एवं जनमुखी बनाउन जरुरी छ,’ घिमिरेले भने, ‘संसदमा विधाराधिन रहेको विद्यालय शिक्षा विधेयक पारित भएको अवस्थामा शैक्षिक गुणस्तर वृद्धि हुन सहयोग हुने अपेक्षा लिएको छु । विधेयक पारित गर्न म प्रयत्न गर्नेछु ।’

सभामुख घिमिरेले बदलिएको समय अनुसार शिक्षामा सुधार आवश्यक रहेको बताए। उनले शिक्षाले समाज रुपान्तरणको गति निर्धारण गर्ने भएकाले समाजको आवश्यकता अनुरुप व्यवहारिक, प्राविधिक र सर्वसुलभ शिक्षाका लागि नीतिहरु परिवर्तन हुनुपर्नेमा जोड दिए ।

सभामुख घिमिरेले रामेछापको गोकुलगंगा क्षेत्र कृषि, पर्यटन र जनविद्युतको अपार सम्भावना रहेको क्षेत्र भएकाले राज्यले औद्योगिक विकास गर्न सक्ने धारणा राखे ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.