नामी कलेजको दीक्षान्त
काठमाडौं : नामी कलेजले क्लास २०२४ को विद्यार्थीका लागि दीक्षान्त समारोह आयोजना गरेको छ। यस वर्ष अध्ययन पूरा गर्ने नामी कलेजका विद्यार्थी दीक्षान्त सहभागी भएका थिए।
राजधानीको होटल याक एन्ड यतीमा आयोजित दीक्षान्त समारोह कलेजकी अध्यक्ष डा. आरजु राणा देउवाको सभापतित्वमा सम्पन्न भएको हो। नेपालका लागि ब्रिटिस राजदूत रोब फेनको प्रमुख अतिथ्यता रहेको समारोहमा कलेजका उपाध्यक्ष क्याप्टेन रामे˘वर थापालगायतका सञ्चालक समितिको उपस्थिति रहेको थियो। दीक्षान्त समारोहमा विभिन्न संकायका विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो।
बेलायतको नर्थह्याम्पटन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त नामी कलेज सन् २०१२ मा स्थापना भएको हो। कलेजले बीबीए, एमबीए, इन्भारमेन्टल साइन्स, कम्प्युटिङ कोर्सलगायत अध्यापन गराइरहेको छ। नेपालमा नै विश्वस्तरीय कोर्सहरू अध्यापन गराउने क्रममा कलेजले विश्वस्तरीय संकाय, पाठ्यक्रम र डिग्रीहरू सञ्चालन गर्दै आएको छ।