माओवादीको स्थायी कमिटी बैठक जारी : कांग्रेसको भूमिकाप्रति सशंकित, राष्ट्रियसभाको अध्यक्ष नछोड्न दबाब

माओवादीको स्थायी कमिटी बैठक जारी : कांग्रेसको भूमिकाप्रति सशंकित, राष्ट्रियसभाको अध्यक्ष नछोड्न दबाब
तस्बिर : प्रचण्ड सचिवालय

काठमाडौं : कांग्रेस महासमिति बैठकले पारित गरेका प्रस्ताव र कांग्रेसको भूमिकालाई लिएर सत्तासीन माओवादी केन्द्र सशंकित बनेको छ। पार्टी कार्यालय पेरिस डाँडामा आज बिहान ९ बजेदेखि जारी माओवादी केन्द्रको स्थायी बैठकमा पार्टीको कार्यविभाजन, सुदूरपश्चिम प्रदेश संसदीय दलमा देखापरेको विवाद, गठबन्धनभित्र कांग्रेसको भूमिका र राष्ट्रिय सभा अध्यक्षको विषयलाई लिएर छलफल चलिरहेको छ।

स्थायी कमिटी बैठकमा अधिकांश सदस्यहरूले राष्ट्रियसभाको अध्यक्ष पद माओवादीले पाउनुपर्नेमा जोड दिएका छन्। माओवादीले प्रधानमन्त्री गुमाउने बित्तिकै संवैधानिक परिषद्‍मा शून्य उपस्थिति हुने भन्दै उनीहरुले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीलाई पुष्पकमल दाहाललाई दबाब दिइरहेका छन्। गठबन्धनबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका कांग्रेसका कृष्णप्रसाद सिटौलाले अध्यक्षको दाबी गरिरहेको बेला माओवादीले उक्त पदको दाबी गरेपछि सत्तारुढ दलभित्र भागबन्डामा सकस पर्ने देखिएको छ।

माओवादी केन्द्रले प्रदेश इन्चार्जलगायतका नेताको जिम्मेवारी हेरफेर गर्ने तयारी गरेको छ।

null

मंगलबारको बैठकमा पनि अधिकांश नेताहरूले सत्तासीन कांग्रेसको भूमिकाबारे प्रश्न गरेका थिए।  कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको प्रस्तावमा ‘१० वर्षे सशस्त्र युद्ध’को माओवादी हिंसा भनेर अवमूल्यन गरिएको, महामन्त्री गगन थापाको प्रस्तावमा चुनावी गठबन्धन नगर्ने भनेर किटान गरिएको तथा सत्तामा बसेर कांग्रेसका नेताहरूले विपक्षीको भूमिका निर्वाह गरेको भन्दै माओवादीका नेताहरूले बैठकमा असन्तुष्टि जनाएका थिए।

‘कांग्रेसको महासमिति बैठकले पारित गरेको प्रस्ताव र कांग्रेसको भूमिकाबारे नेताहरूले बैठकमा मत राख्नुभएको छ,’ बैठकपश्चात माओवादी प्रवक्ता अग्नि सापकोटाले भने। 

यस्तै, कांग्रेसमा हिन्दु राष्ट्रका पक्षमा हस्ताक्षर गरिएको भन्दै माओवादी नेताहरूले असन्तुष्टि जनाएका थिए। ‘कांग्रेस प्रतिगमनतिर फर्कन चाहेको हो कि के हो ?’ माओवादीका एक स्थायी समिति सदस्यले भने।

आज प्रचण्डले सदस्यहरुले उठाएको प्रश्नको जवाफ समेत दिनेछन्। null
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.