माओवादीले जिम्मेवारी नदिएपछि शर्माले राखे फरक मत

विधान अधिवेशनको ह्याङ ओभरलाई लिएर कार्यविभाजन गरियो : जनार्दन शर्मा

विधान अधिवेशनको ह्याङ ओभरलाई लिएर कार्यविभाजन गरियो : जनार्दन शर्मा
सुन्नुहोस्

काठमाडौं : माओवादी केन्द्र उपमहासचिव जनार्दन शर्माले स्थायी कमिटी बैठकमा फरक मत राखेका छन्। पार्टी कार्यालय पेरिस डाँडामा आज बिहान ९ बजेदेखि बसेको माओवादी केन्द्रको स्थायी बैठकमा  उनले कार्यविभाजनमा आफूले असहमति राखेको जानकारी दिए।

‘मैले आफ्नोतर्फबाट निर्णयमाथि असमत दर्ज गरेको छु। कार्य विभाजन जसरी गरियो सहि भएन। पार्टी निर्माणको उद्देश्य लिएर भएन। विधान अधिवेशनको ह्याङ ओभरलाई लिएर कार्यविभाजन गरियो। विधान अधिवेशनमा पार्टीभित्र प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्नुपर्छ भन्ने मत राख्नेलाई म लगायतलाई कार्यविभाजनबाट जिम्मेवारी बिहीन बनाइएको छ।’ उनले भने,‘सुदूरपश्चिममा स्थायी कमिटी सदस्य हुँदाहुँदै केन्द्रिय सदस्यलाई सहईञ्जार्ज बनाइएको छ।’

उनले सबै तहका पदाधिकारीहरु प्रतिनिधिद्वारा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने लगायतका माग राखेर फरक मत राखेका थिए। पार्टी उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा प्रस्ताव कार्यदल बनाइएको थियो। जसको सदस्यमा पार्टी उपमहासचिव शर्मा पनि थिए। उनले पार्टी रूपान्तरणका लागि कार्यदलमा चार फरक प्रस्ताव गरेका थिए। तर, कार्यदलमा रहेका अन्य नेताले उनको कुरा सुनेनन्। त्यसपछि उनले विधान मस्यौदा छलफलमा फरक चार मत राखेका थिए। 

null

प्रत्यक्ष निर्वाचन प्रणालीबाट पार्टीका सबै तहमा चुनाव हुनुपर्ने र संगठनलाई उनीहरूको योजनाअनुरूप चल्न दिनुपर्ने उनले उठाएका मुख्य एजेन्डा थियो। स्थायी समितिमा शर्माले पेस गरेको प्रस्तावका कारण माओवादीभित्र तरंग उत्पन्न भएको थियो। कार्यदलले गत माघ १ गते पार्टी अध्यक्ष प्रचण्डलाई विधान मस्यौदाको प्रस्ताव बुझाएको थियो।

विधान अधिवेशनमा के थिए शर्माका फरक मत ?

  • १. प्रत्यक्ष निर्वाचन प्रणाली 

पार्टीका सबै तह र पदमा महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित हुनुपर्ने, मनोनयन र चयन बन्द गर्नुपर्ने माग शर्माले राखेका छन्। उनले मनोनयन र चयनले पार्टी अघि बढ्न नसकेको र नेतृत्व पनि विकास नभएको बताउँदै आएका छन्।

  • २. केन्द्रको हस्तक्षेत्र बन्द गर्नुपर्ने

प्रदेश र जिल्लालाई केन्द्रबाट पूर्ण स्वायत्त राख्नुपर्ने र प्रदेशका मन्त्री छान्दा या तल्लो तहमा उम्मेदवार छान्दा केन्द्रबाट हस्तक्षेप गर्न नहुनेमा उनले जोड दिँदै आएका छन्।

  • ३. पार्टीको नाम फेर्नु पर्ने

पार्टीको नाम नेकपा समाजवादी राख्नुपर्ने माग शर्माको छ। पार्टीको नाम फेरेपछि माओवादीबाट अन्यत्र गएका नेता तथा कार्यकर्तालाई मिलाएर समाजवादी यात्रा अघि बढाउन सहज हुने धारणा उनको छ। 

  • ४. जनवर्गीय संगठनलाई योजनामा चल्न दिनुपर्ने 

जनवर्गीय संगठनहरूलाई पार्टीको वैचारिक बाटोबाहेक अन्य विषयमा आफ्नै योजनामा चल्न दिनुपर्ने आवाज उनले उठाएका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.