माओवादी केन्द्रले फेर्‍यो प्रदेश इञ्‍चार्ज र सह- इञ्‍चार्ज, को कहाँ ?

माओवादी केन्द्रले फेर्‍यो प्रदेश इञ्‍चार्ज  र सह- इञ्‍चार्ज, को कहाँ ?
तस्बिर : प्रचण्ड सचिवालय

काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रदेश इञ्‍चार्ज र सह-इञ्‍चार्ज तोकेको छ। पार्टी कार्यालय पेरिस डाँडामा  दुई दिन बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता अग्नीप्रसाद सापकोटाले प्रदेश इञ्‍चार्ज र सह-इञ्‍चार्जहरू तोकिएको जानकारी दिएका हुन्।

प्रवक्ता सापकोटाका अनुसार कोशी प्रदेशको इञ्‍चार्जमा हरिवोध गजुरेल र सह -इञ्‍चार्जमा सावित्री कुमारी काफ्ले तोकिएका छन्।  यसैगरी मधेश प्रदेशको इञ्‍चार्जको जिम्मेवारी लीलामणी पोखरेललाई दिइएको छ भने विश्वनाथ साहलाई सह-इञ्‍चार्ज बनाइएको छ।

बागमती प्रदेशको इञ्‍चार्जको जिम्मेवारी अग्नीप्रसाद सापकोटालाई दिइएको छ। सह -इञ्चार्ज तोक्न बाँकी छ।  गण्डकी प्रदेशमा दिनानाथ शर्मा इन्चार्च र हरिराज अधिकारी सह- इन्चार्च रहेका छन्।

लुम्बिनी प्रदेशमा चक्रपाणी खनाललाई इञ्‍चार्ज र कुलप्रसाद केसीलाई सह-इञ्‍चार्जको जिम्मेवारी दिएको छ। कर्णाली प्रदेशमा काली प्रसाद मल्ल इञ्‍चार्ज बनाइएको छ।  सह-इञ्चार्ज तोक्न भने बाँकी छ। 

यसैगरी सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराज मणि पोखरेल इञ्‍चार्ज र  बिना मगरलाई सह-इञ्‍चार्जको जिम्मेवारी दिइएको छ।

प्रवास प्रदेश समितिको मध्यपुर इञ्‍चार्जको जिम्मेवारी पम्फा भुसाललाई दिइएको छ। प्रवास प्रदेश समिति भारतको  इञ्‍चार्जमा लक्ष्मण पन्त र सह-इञ्‍चार्जमा टीभी पाठकलाई जिम्मेवारी दिइएको छ।

प्रवास प्रदेश समिति युरोप-अमेरिकालगायतको इञ्‍चार्जको जिम्मेवारी सुरेन्द्र कुमार कार्कीलाई दिइएको छ। विशेष प्रदेश समितिको इञ्‍चार्जको जिम्मेवारी हितमान शाक्य र सह इञ्‍चार्जको जिम्मेवारी यशोधा सुवेदीलाई दिएको प्रवक्ता सापकोटाले जानकारी दिए।

बैठकले चैत्र १ गते गर्ने भनिएको मधेश तराई राष्ट्रिय जागरण अभियान चैत्र १५ गतेदेखि र हिमाल पहाड मधेश राष्ट्रिय अभियान बैशाख १५ गतेदेखि गर्ने निर्णय गरेको छ।

कार्यविभाजनको विषयलाई लिएर उपमहासचिव जनार्दन शर्माले भने असन्तुष्टि जनाउँदै फरक मत राखेका थिए। ‘मैले आफ्नोतर्फबाट निर्णयमाथि असमत दर्ज गरेको छु। कार्य विभाजन जसरी गरियो सहि भएन। पार्टी निर्माणको उद्देश्य लिएर भएन। विधान अधिवेशनको ह्याङ ओभरलाई लिएर कार्यविभाजन गरियो। विधान अधिवेशनमा पार्टीभित्र प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्नुपर्छ भन्ने मत राख्नेलाई म लगायतलाई कार्यविभाजनबाट जिम्मेवारी बिहीन बनाइएको छ।’ बैठकपछि उनले भने,‘सुदूरपश्चिममा स्थायी कमिटी सदस्य हुँदाहुँदै केन्द्रिय सदस्यलाई सह-इञ्जार्ज बनाइएको छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.