रुसी सरकारसँग नेपालीको विवरण र मृतक परिवारलाई क्षतिपूर्ति दिने समझदारी बनेको छ : प्रधानमन्त्री

रुसी सरकारसँग नेपालीको विवरण र मृतक परिवारलाई क्षतिपूर्ति दिने समझदारी बनेको छ : प्रधानमन्त्री
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा भर्ति भएका नेपाली नागरिकको बारेमा विवरण उपलब्ध गराउने समझदारी बनेको बताएका छन्। 

राष्ट्रियसभाको सरोकार तथा समन्वय समितिमा सांसहरूले सोधेको जवाफ दिँदै उनले रुसी सरकारले सेनामा भर्ति भएका नेपाली नागरिकका विषयमा सूचना दिने समझदारी बनेको बताए।

प्रधानमन्त्री दाहालले मृतक परिवारलाई क्षतिपूर्ति दिने विषयमा पनि समझदारी बनेको बताए। 'हामीले रुसी सरकारलाई विभिन्न माध्यमबाट ध्यनाकर्षण गराएपछि उनीहरूले पनि सूचना दिने, राहत/क्षतिपूर्ति दिने र तथ्यांक विवरण दिने समझदारी बनेको छ। बल्ल नेपाल सरकारको कमाण्डमा चिज आउन थालेको छ,' उनले भने।

उनले नेपाली नागरिकहरू रुसी सेनामा भर्ना भएको विषयमा सरकार बेखबर रहेको बताएका थिए। त्यहाँ कार्यरत नेपालीहरूको मृत्यु भएको खबरलेमात्रै सरकार जानकार भएको प्रधानमन्त्रीको भनाइ छ। उनले सन्धि सम्झौता नभएका देशको सेनामा भर्ना नहुन आह्वानसमेत गरे।

'रुसी सेनामा भर्ना भएको कुरा नेपाल सरकारलाई थाहा थिएन। त्यहाँ युद्धका क्रममा नेपालीहरू मारिएपछि मात्रै सरकारलाई जानकारी भएको हो। त्यसप्रति सरकार गम्भीर छ,' उनले भने, 'सरकार उक्त समस्या समाधान गर्नेतिर लागेको छ। हामीले सार्वजनिकरूपमै सन्धि/सम्झौता भएबाहेक कहीँ पनि सेनामा भर्ती हुन दिने भनिएको छैन। त्यसमा जनता पनि जागरुक हुन जरुरी छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.