घरघरमा विजुली बाल्न पाएपछि धुमधामले नाचगान

घरघरमा विजुली बाल्न पाएपछि धुमधामले नाचगान
सुन्नुहोस्

गोरखा : घरघरमा विजुली बाल्न पाएपछि चुमनुब्री ४ प्रोकका फुर्बु ग्याल्जेन लामा खुसीले मग्नमस्त छन्। विजुलीको उद्घाटनका दिनमा आयोजित समारोहमा फुर्बुग्याल्जेन मात्र होइन, सबै गाउँले खुशीले धुमधामले नाचगान गरे।

बत्ती बाल्नमात्र नभई घरमै मोबाइल चार्ज गर्न पाइएको भन्दै उनीहरुले खुसीयाली मनाएका हुन्। ‘सानो सानो सोलारको पाता त थियो, तर बादल लागेपछि कि टुकी बाल्नु पथ्र्यो, कि दाउरा बालेर उज्यालो बनाउनुपथ्र्यो’, उनी भन्छन्, ‘अब अँध्यारोमा बस्नु पर्ने दिन गयो। बिजुली पाएपछि त खाना पकाउन, चिया पकाउन, पानी तताउन पनि सजिलो भयो।’ घरघरमा विजुली जोडेपछि गाउँलेको जीवन नै बदलिएको उनले बताए।

यसअघि मोबाइल चार्ज गर्न पनि एकघण्टाको बाटो हिँडेर टाढा जानुपर्थ्यो। ‘आफ्नै घरमा लाइन जोडेपछि अब त मोबाइल पनि आफ्नै घरमा चार्ज गर्न पाइयो’, अर्का स्थानीय छिमी रिग्जिन लामा भन्छन्, ‘घरघरमा विजुलीको लाइन जोडेपछि पिठो पिस्ने मिल पनि गाउँमै हुने भयो। मकै, गहुँ बोकेर घट्टा जान परेन। मकै छोडाउने मेसिन पनि घरघरमै हुने भयो। कति सजिलो भयो।’ खाना बनाउन भीरपाखामा दाउरा संगाल्न जानुपर्ने बाध्यता पनि अब हटेको भन्दै गाउँले खुसी भएका उनले बताए।

ब्रिटिश दातृसंस्था कादुरी एग्रिकल्चरल एड एशोसिएशनले चुमनुब्री ४ साविक प्रोक गाविसका सबै गाउँटोल र बिही गाविसका दुई टोलमा सेवा दिने गरी प्रोक लघु जलविद्युत आयोजना निर्माण सम्पन्न गरेर बुधबार उद्घाटन गरेको छ। 

null

सो योजनाले यसअघि टुकी र दाउराको मात्र प्रयोग गरेर जीविका चलाएका २५० घरधुरीले विजुली बत्तीको सेवा पाएका वडाअध्यक्ष पेमा ग्याल्बो लामाले जानकारी दिए। ‘कादुरीले ८० किलोवाट क्षमताको जलविद्युत उत्पादन गरेको छ’, वडाअध्यक्ष लामाले भने, ‘यसबाट वडा नं. ४ को प्रोक, गप, क्वाक, छाक र वडा नं. ५, साविक बिही गाविसको बुर र बन्दुरका गरी ३१४ घरधुरीका १३ सय ३३ जनसंख्या लाभान्वित भएका छन्। प्रोकमाचाहिँ यसअघि एमक्यापले उत्पादन गरेको सानो क्षमताको विद्युत थियो, तर यसअघि विजुलीबत्ती नपुगेका गप, क्वाक, छाक, बुर र बन्दुरका २५० घरधुरीका बासिन्दालेचाहिँ बल्ल विजुलीबत्ती बाल्न पाएका हुन्।’ घरघरमा विद्युत लाइन जोड्न पाउँदा गाउँले धेरै खुशी भएका उनले जानकारी दिए।

उद्घाटन समारोहमा बोल्दै कादुरीका निर्देशक कर्णेल एन्ड्र मिल्सले दुर्गम गाउँका बासिन्दालाई सेवा गर्न पाएकामा अत्यन्त खुशी लागेको बताएका थिए। सेवा गर्ने अवसर पाएमा अझै विभिन्न खालका सहयोग गर्न तत्पर रहेको उनले बताएका थिए।

null

गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले दुर्गम भेगका बासिन्दालाई अत्यन्त खाँचो परेको विजुली, पुल तथा खानेपानीका क्षेत्रमा सहयोग गर्ने कादुरी संस्थालाई ‘चुमनुब्रीको उज्यालो’को संज्ञा दिइन्। कादुरीले चुमनुब्रीका बासिन्दा र आफ्नो गाउँलेलाई बिर्सनै नसक्ने गुन लगाएको भन्दै वडाअध्यक्ष पेमा ग्याल्बो लामाले कृतज्ञता प्रकट गरेका थिए। 
उपभोक्ता समितिका सचिव निमा ग्याल्बो लामाले ‘कादुरी संस्था चुमनुब्रीका बासिन्दाको मनमनमा बसेको छ’, भन्दै प्रसंसा गरे।

चुमनुब्री ४ को दामदग खोलामा कूल ६ करोड ९१ लाख ४१ हजार ९५९ रुपैयाँ लागतमा कादुरीले ८० किलोवाट क्षमताको विद्युत उत्पादन गरेर वितरण गरेको हो। केन्द्रीय प्रशारणको लाइन नपुगेको चुमनुब्री गाउँपालिकाको सातैवटा वडाका सबै टोलमासो संस्थाले यसअघि लघु जलविद्युत उत्पादन गरेर वितरण गरिसकेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.