समृद्धि सपना

समृद्धि सपना

समृद्ध नेपाल, सुखी नेपालको नारालाई मूर्तरूप दिन राजनीतिक स्थायित्व चाहिन्छ

नेपाल गरिब हुनु हुन्न, कुनै पनि नेपाली भोकै मर्न हुन्न, समृद्ध नेपाल र सुखी नेपाली सम्भव छ त्यो पनि हाम्रै पालामा। तर त्यसका निम्ति जनताप्रति समर्पित दृढ नेतृत्व र विकासप्रति भोक भएका देशवासी चाहिन्छन्। यी मान्यता आज नेपाली समाजका साझा मान्यता हुन पुगेका छन्। राजनीतिक एजेन्डामा मात्र केन्द्रित नेपाली मनोविज्ञान अहिले समृद्धि र विकासका सबालमा जागरुक हुँदै आएको देखिन्छ। 

समृद्ध नेपाल, सुखी नेपालको नारालाई मूर्तरूप दिन राजनीतिक स्थायित्व चाहिन्छ त्यही कुरालाई हृदयंगम गर्दै एकीकृत नेकपा माओवादीसँग चुनावी तालमेल हँुदै पार्टी एकतासमेत भएको थियो। २०७४ सालमा भएको पार्टी एकता केही महिना सत्ता प्राप्तिथार्थ गर्न मात्र थिएन। त्यो एकता सुदृढ राष्ट्रिय शक्ति निमार्णका निम्ति गरिएको एकता थियो। तर त्यो एकता टिकेन, टिक्न दिइएन, केहीले टिकाउन खोजेनन्। आफ्नै पार्टीको सरकार ढालेर दक्षिणपन्थी शक्तिको नेतृत्वमा सरकार निर्माण गर्न पुगे। त्यतिबेलाको सरकार कमरेड केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन मात्र जनताले भारी सिट संख्या दिएका थिएनन्। त्यो सरकारसँग नेपाली जनताका समृद्धिका सपना जोडिएका थिए। 

केपी शर्मा ओलीको नेतृत्वमा निर्माण वामपन्थी सरकारले केही नयाँ गर्छ भन्ने जनताको विश्वास पनि थियो। त्यो वामपन्थीहरूको नेतृत्वमा रहेको सुविधाजनक बहुमतको सरकार मात्र ढलेको थिएन, सरकारले अघि सारेका समृद्ध नेपाल र सुखी नेपालीको महान् अभियानमा समेत धक्का लागेको थियो। तत्कालीन ओली सरकारमाथि अदालतले गरेको ‘कु’ले लय समात्न लागेको विकास मात्र अवरुद्ध भएन, जनतामा जाग्दै गरेको विकासको भोकलाई समेत बिच्काउने काम भयो। वास्तवमा नेपालको राजनीति जुन अस्थिर बिन्दुमा थियो त्यही बिन्दुमा पुनः पु¥याइयो। २०७९ को आमनिर्वाचनपश्चात् निर्माण भएको गठबन्धन सरकार त अहिले छ, तर यो सरकारको कुनै राजनीतिक चरित्र छैन। न त यो सरकारसँग देश बनाउने गतिला एजेन्डा नै छन्।

गठबन्धन सरकारको अक्षमताका कारण नेपाल अहिले तस्कर, अपराधी र अवाञ्छित गतिविधि गर्नेहरूको क्रीडास्थल बनेको छ। देशमा चरम राजनीतिक अस्थिता छ, जताततै जनतामा निराशाको कालो बादल मडारिएको छ, नेपालमा केही हुँदैन भन्दै देश छाड्नेहरूको लहर चलेको छ। गाउँमा जनप्रतिनिधिबाहेक अरू सबैमा निराशा देखिन्छ। कुम्भकर्ण निन्द्रामा मस्त सरकारका कारण समाजमा गरिबी, बेरोजगारी व्यापक झांगिँदै छ। जसका कारण आम जनजीवन असुरक्षित हुँदै आइरहेको छ। यो बीचमा धेरै नागरिकले गरिबीसँग संघर्ष गर्न नसक्दा आत्माहत्या गरेका थुप्रै घटना घटेका छन्। वर्तमान स्थिति र समग्र परिस्थितिको आकल गर्दा सोझै अनुमान गर्न सकिन्छ , देश सही मार्गमा हिँडिरहेको छैन। 

देशमा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था कार्यान्वयन भइरहँदा जनताको जनजीवनमा व्यापक सुधार आउनु पर्ने हो। जनतामा निराशा कम आशा धेरै हुनुपर्ने हो। अन्तर्राष्ट्रिय विमानस्थलमा घर खर्च आर्जन गर्न विदेश जानेको लाम होइन नेपालमा अब धेरै अवसर छन् भन्दै विदेश गएकाहरूको नेपाल फर्किनेहरूको लाम हुनुपर्ने हो, त्यो किन हुन सकेन ? यो नेपाली राजनीतिले उत्तर दिन सक्नुपर्छ। किन नेपालमा नेपाली बस्न सक्ने वातावरण बनेन ? आज प्रत्येक नेपाली युवाले सिंहदरबारमा बस्नेहरूलाई सोध्न चाहेको प्रश्न हो। सिंहदरबारमा प्रत्येक दिन सयौं फाइलमा गठबन्धनका कार्यकर्ता पालनपोषणका निम्ति टिप्पणी उठाइन्छ, तोक लगाइन्छ। तर जनताको दैनिकी बदल्ने किन एउटा फाइलमा टिप्पणी उठ्दैन र तोक लाग्दैन ? 

देशको पक्षमा चिन्ता गर्ने, जनताका समस्या बुझ्ने, जनताका पक्षमा काम गर्ने र जनताका भावनाको नेतृत्व गर्ने जबसँग देशमा सरकार बन्दैन तवसम्म देश बन्दैन। चल्तेचलाते पार्टी र नेतृत्वले समृद्ध नेपाल र खुसी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुन सक्दैन। जनताका सपना यथार्थमा रूपान्तरण गर्न दृढ इच्छाशक्ति भएको नेतृत्व र सबल, सक्षम राष्ट्रिय शक्ति नेपालमा चाहिएको छ। देशको विद्यमान अवस्थामा परिवर्तन ल्याउन राजनीति शक्ति सन्तुलनमा पनि फेरबदल हुनुपर्ने देखिन्छ। जनताको पक्षमा काम गर्ने स्पष्ट दृष्टिकोण, स्पष्ट नीति र कार्यक्रम भएको राजनीतिक दलले मात्र देशमा समृद्धि र विकास गर्न सक्छ। सत्ता प्राप्तिका निम्ति संसद्मा हुने अनुचित र अमर्यादित खेलहरूको अन्त्यका निम्ति बहुमत संख्यासहितको राजनीतिक दल संसद्मा हुन जरुरी छ। 

नेपालको सन्दर्भमा समृद्ध नेपाल, सुखी नेपालीको नारा जनताको बीचमा स्थापित गर्ने पार्टी एमाले र नेता केपी ओली नै हो। २०७२ सालमा केपी ओली नेतृत्वको सरकारले अगाडि सारेको समृद्ध नेपाल, सुखी नेपालीको नारा अहिले राष्ट्रिय आकांक्षा बन्न पुगेको छ। सबै नेपालीको मुखमा यो झुन्डिन सफल भएको छ। नेकपा एमालेले यो आकांक्षा पूरा गर्न जनतालाई जागरुक बनाउँदै लगेको छ। पार्टीका बैठक, सम्मेलन र कार्यक्रममा समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय आकांक्षालाई पहिलो प्राथमिकता दिएर छलफल गर्दै आइरहेको छ। 

माक्र्सवादी दृष्टिकोणसहित नेपालको मौलिकतामा विकास गर्न ओली नेतृत्वमा समृद्ध नेपाल, सुखी नेपालीको कार्यक्रमिक व्याख्या गर्नुपर्ने र नेपालको मौलिक विकासका निम्ति यसलाई मार्ग बनाउनुपर्छ भन्ने बैठकमा कुरासमेत उठेको छ। अब राजनीतिक एजेन्डाभन्दा पनि देश विकासका एजेन्डामा जनतालाई जागरुक बनाउनुपर्ने देखिन्छ। आगामी एक दशकमा नेपाललाई विश्व मानचित्रमा विकसित देशको रूपमा स्थापित गर्न सकिन्छ। देशमा भएका विभिन्न नामका राजनीतिक दलहरूसँग सत्तास्वार्थका निम्ति एकीकरण, तालमेल वा एकता गर्ने अब होइन। बरु तिनीहरूलाई देश विकासका सबालमा रूपान्तरण गरी समृद्ध नेपाल, सुखी नेपालीको महान् अभियानका हिस्सेदार बनाउनु पर्छ। अब प्रत्येक नेपालीलाई जागरुक गर्न जरुरी छ धेरै राजनीतिक दल भएर देशको विकास हुँदैन। देश विकासका निम्ति सुदृढ, सबल राजनीतिक दलबाट देशको विकास सम्भव हुन्छ। 

अहिले नेपालको राजनीति चरम अस्थिरता र अवसरवादको चँगुलमा जकडिएको अवस्था छ। गठबन्धनको नाममा देश र जनताका विरुद्ध अनुचित काम भइरहेका छन्। व्यवस्थापिका, न्यायपालिकालगायत देशका सबै अंग माथि कार्यपालिकाले प्रत्येक क्षण धावा बोलिरहेको छ। राज्यको स्रोत साधन सदुपयोग कम दूरउपयोग ज्यादा भइरहेको अवस्था छ। यस्तो अवस्थाको अन्त्यका निम्ति देश विकासको दृढ अठोठ बोकेको निर्णायक राजनीतिक शक्ति र देश, जनताप्रति उत्तरदायी राजनीतिक नेतृत्व आजको आवश्यकता हो।

विश्व इतिहासको अध्ययनले पात्रको महŒव देश विकासका निम्ति पहिलो सर्त हो भन्ने सत्यबाट कुनै देश अछुतो छैन। आज हामीले पढ्ने विश्व मानचित्रमा अवस्थित सबै देशको निमार्ण, विकास वा उत्थानमा कुनै न कुनै पात्रको अहम् भूमिकाबारे जो कोहीलाई अवगत भएकै विषय हो। उदाहरणका निम्ति सिंगापुका लि क्वान यू, मलेसियाका माथिर मोहम्मद, जर्मनका बिस्मार्क र संयुक्त राज्य अमेरिकाको सन्दर्भमा अब्राहम लिंकनजस्ता पात्रहरूका कारण ती देशहरू विश्व मानचित्रमा आजको अवस्थामा छन्।  कसैको सिद्धान्तले कसैको अठोटले र दृष्टिकोणले देश विकासमा महŒवपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। जस्तै सन् १९४९ मा चीनमा माओको नेतृत्वमा जनवादी क्रान्ति सफल भयो। त्यस्तै आजको विकसित र सम्पन्न चीन हुनुमा देङ सियाओ फिङजस्ता पात्रको भूमिका महŒवपूर्ण रहेको छ। संसारमा रहेका सबै देशहरूमा कुनै न कुनै पात्र छन् र ती पात्रहरूको योगदानको चर्चा हुने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.