दुग्ध किसानको बिल्लीबाठ भयो

दुग्ध किसानको बिल्लीबाठ भयो
फाइल तस्बिर।
सुन्नुहोस्

विगत सात महिनादेखि किसानले दूधको भुक्तानी नपाइरहेको अवस्था छ। किसानको मुख्य आम्दानीको स्रोत पशुपालन हो। तर, दूधको भुक्तानी नपाउँदा आमकिसान समस्यामा परेका छौं। पशुपालन संकटमा परेको छ। घरव्यवहार चलाउन समस्या परेको छ। 

दुग्ध विकास संस्थानहरूसँग पटक–पटक सम्झौता हुँदासमेत समस्या समाधान भएको छैन। दुग्ध संस्थानहरूले बक्यौता भुक्तानी गर्छौं भनेर किसानसँग पटक–पटक सम्झौता गर्छन्। तर, कार्यान्वयन गर्दैनन्। आश्वासनबाहेक किसानले केही पाउन सकेका छैनन्। 

नेपाल सरकारको कृषिमन्त्रीसँग बसेर पनि वार्ता भएको थियो। उक्त वार्ताले ठोस उपलब्धि ल्याउन सकेन। हामी दुग्ध उत्पादक किसान समस्यामा परेका छौं। किसानको रोजीरोटी नै खोसियो। सरकारले मागको सुनुवाइ गरेन। 

दुग्ध विकास संस्थानहरूले धनकुटा जिल्लाका किसानलाई मात्रै ११ करोड रुपैयाँ बक्यौता भुक्तानी दिन बाँकी छ। किसानको भुक्तानी नहुँदा हाम्रा बालबच्चा रोएका छन्। पशुपालन चौपट भइसक्यो। बिल्लीबाठ भएको छ। गाईवस्तुलाई दाना तथा चोकर खुवाउनसमेत समस्या हुन थालेको छ। 
व्यापारी साहुहरूले उधारो सामान दिन छोडिसके। हामी आन्दोलन गर्न बाध्य भएका छौं। ६/७ महिनासम्म भुक्तानी नपाएका कारण बैंकको किस्ता तिर्न सकेका छैनौं। यसले किसानको घरखेत लिलामीका लागि कालोसूचीमा पर्ने जोखिम बढेको छ। अब बाध्य भएर आत्महत्या गर्ने दिन 
आएको छ। 

- (नारद कटुवाल दुग्ध उत्पादन जिल्ला सहकारी संघ लिमिटेड धनकुटाका अध्यक्ष हुन्।) 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.