विद्यार्थी, शिक्षकलाई र्‍यालीमा सहभागी गराउन निर्देशन

प्रचण्ड भरतुपरमा कार्यक्रम उद्घाटन गर्न आउने भएपछि विद्यालय बन्द गर्न पत्राचार

प्रचण्ड भरतुपरमा कार्यक्रम उद्घाटन गर्न आउने भएपछि विद्यालय बन्द गर्न पत्राचार

चितवन :  चितवनको भरतुपर महानगरले आयोजना गरेको कार्यक्रम उद्घाटनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने भएपछि विद्यालय बन्द गर्न पत्राचार भएको छ। प्रधानमन्त्री प्रचण्डले शुक्रबार भरतपुर भ्रमण वर्ष २०२४ को विविध सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रममा महानगरले र्‍यालीमा सहभागी हुन र ‍वडाले विद्यालयलाई बन्द गरेर कार्यक्रममा सहभागी हुन पत्राचार गरेको हो।

प्रधानमन्त्री प्रचण्डकी छोरी रेणु दाहाल भरतपुर महानगरकी मेयर हुन्। महानगरले वडा कार्यालयसँग समन्वय गरी कक्षा ९-१२ मा अध्ययनरत छात्रछात्राहरू र माध्यमिक तहका शिक्षकहरू वडास्तरको न्यालीमा विद्यालयको व्यानरसहित उपस्थित हुन निर्देशन दिएको हो।

‘प्रस्तुत विषयमा भरतपुर महानगरपालिकाद्वारा निजी क्षेत्रसँगको सहकार्यमा "घुमौं भरतपुर" भन्ने मूल नाराका साथ पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको अभियान बृहत भरतपुर भ्रमण वर्ष २०२४ को विविध सांस्कृतिक कार्यक्रम सहित सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यूबाट मिति २०८० फागुन १८ गते शुक्रबार दिनको १:०० बजे समुद्घाटन हुने कार्यक्रम रहेको व्यहोरा अवगत नै छ।’नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालद्वारा हस्ताक्षर गरेर विद्यालयलाई पठाइएको पत्रमा भनिएको छ,‘उक्त कार्यक्रममा वडा कार्यालयसँग समन्वय गरी त्यस विद्यालयमा कक्षा ९-१२ मा अध्ययनरत छात्रछात्राहरू र माध्यमिक तहका शिक्षकहरू वडास्तरको न्यालीमा विद्यालयको व्यानरसहित उपस्थित भई कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न सहयोग पुर्‍याउनुहुन अनुरोध छ।’

महानगरले बिहान ११ बजे सुरु हुने र्‍यालीमा सहभागी हुन वडासँग समन्वय गर्न निर्देशन गरेको छ। महानगरको निर्देशन पश्चात वडा कार्यालयले विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी दिँदै समुद्घाटन समारोहमा उपस्थित हुन निर्देशन दिएको छ। 

वडा अध्यक्षले विद्यालयलाई पठाएको पत्रमा भनिएको छ,‘प्रस्तुत विषयमा भरतपुर महानगरपालिका २१ नं. वडा समितिको मिति २०८०।११।१६ गते बसेको बैठकको निर्णय अनुसार भरतपुर महानगरपालिकाद्वारा निजी क्षेत्रसँगको सहकार्यमा घुमौ भरतपुर भन्ने पूल नाराका साथ पर्यटन क्षेत्रलाई प्रवर्द्धन उद्देश्यले आयोजना गर्न लागिएको भरपुर भ्रमण वर्ष २०२४ को यही फाल्गुण १८ गते शुक्रबार हुने समुदघाटन कार्यक्रमका दिन भरतपुर महानगरपालिका वडा नं. २१ अन्तर्गतका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेकोले सोही अनुसार गर्नहुन र समुद्घाटन समारोहमा उपस्थित भइदिनु हुन अनुरोध छ।’
सूचना सार्वजनिक भएलगत्तै बिदा दिएको विषयलाई लिएर आलोचना हुन थालेको छ। 

null

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.