टियु मैदानमा नेदरल्यान्ड्सको विष्फोटक ब्याटिङ, नामिबिया ५९ रनले पराजित

टियु मैदानमा नेदरल्यान्ड्सको विष्फोटक ब्याटिङ, नामिबिया ५९ रनले पराजित
सुन्नुहोस्

काठमाडौं : नेपालमा जारी त्रिदेशीय टी-२०आई शृंखालाअन्तर्गत बिहीबारको खेलमा नेदरल्यान्ड्सले नामिबियाविरुद्ध विष्फोटक ब्याटिङ गरेका छन्। खेलमा नेदरल्यान्ड्स ५९ रनले विजयी बन्यो।

टी-२०आईमा नेदरल्यान्ड्सको यो उच्च स्कोर पनि हो। टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ओभरको खेलमा ५ विकेट गुमाएर २४७ रन बनायो। नेदरल्यान्ड्सका लागि माइकल लेभिटले शतकीय इनिङ्स खेलेका थिए। उनले ६२ बलमा ११ चौका र १० छक्का प्रहार गर्दै १३५ रन बनाएका थिए। त्यस्तै सीब्रान्ड इंगेलब्रेक्टले ७५ रन बनाए। ४० बल खेलेका उनले ७ चौका र ५ छक्का प्रहार गरे। त्यस्तै तेजाले १८ रन बनाउँदा म्याक्स ओडाउडले ५ र स्कट इडवार्डले ४ रन बनाए।

जवाफी ब्याटिङ गरेको नामिबियाले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर १८८ रनमात्र बनाउन सक्यो। नामिबियाका लागि ज्यान फ्रिलिंकले ४२ रन बनाए भने जेन ग्रिन ४२ रनमै अविजित रहे।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.