पौने तीन लाखका भन्सार छलीका सामान बरामद
बुटवल : भन्सार छली गरेर भारतीय बजारबाट ल्याएका विभिन्न सामग्रीहरू प्रहरीले बरामद गरेको छ। २ लाख ८२ हजार ८ सय रुपैयाँ मूल्य बरावरको सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
प्रहरीको टोलीले सिद्धार्थनगर नगरपालिका-३ चोक, मायादेवी गाउँपालिका-४ सुण्डी र रोहिणी गाउँपालिका-७ प्रिपहवाबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलेर ल्याएका सामान बरामद गरिएको छ।
प्रहरीका अनुसार तीन बोरा प्याज, दुई बोरा चिनी, २० कार्टुन कृषिमा प्रयोग हुने औषधि, २ सय १२ पिस जुत्ता, ४४ पिस झुल, ६ कार्टुन सावु र स्याम्फु र १०० कार्टुन कोलगेट र ब्रस बरामद गरिएको छ।