विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य गर्न सबै राजनीतिक दल गम्भीर हुनैपर्छ : शिक्षामन्त्री

विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य गर्न सबै राजनीतिक दल गम्भीर हुनैपर्छ : शिक्षामन्त्री
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट निष्पक्ष ढंगले भएको दावी गरेका छन्।  सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री राईले आफू नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले मेरिटोक्रेसीका आधारमा निष्पक्ष ढंगले तीनजनाको नाम छनौट गरेर सिफारिस गरिएको बताएका हुन्। 

सिफारिस गरिएका तीनजनामध्ये एकजनालाई छान्ने अधिकार कुलपतिलाई भएकाले कुलपति एवं प्रधानमन्त्री प्रचण्डले एकजनालाई उपकुलपतिमा नियुक्त गरेको उनको भनाइ छ । उनले कुलपतिले गरेको नियुक्तिको निर्णय कानुनसम्मत रहेको दावी गरेको छ। मन्त्री राईले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य गर्न सबै राजनीतिक दलहरू गम्भीर हुनुपर्ने धारणा राखे।

त्यसअघि बैठकमा समिति सदस्य विद्या भट्टराईले प्रधानमन्त्रीले मेरिटोक्रेसीका उपकुलपति नियुक्त गर्ने भनिएपनि हस्तक्षेप भएको जिकिर गरेकी थिइन् । उनले सिफारिस समितिले सिफारिस गरेको व्यक्तिमध्ये पहिलो नम्बरकोलाई छाडेर दोस्रोलाई उपकुलपति नियुक्त गर्नु मेरिटोक्रेसी विपरित भएको तर्क गरेकी थिइन्।  विश्वविद्यालयको स्वायत्तामाथि हस्तक्षेप भएको र प्राज्ञिक मर्यादा कायम हुन नसकेको उनले जिकिर गरे।

समिति सभापति भानुभक्त जोशीले विश्वविद्यालयमा हुने उपकुलपति नियुक्तिलाई पारदर्शी र विवादसहित बनाउन शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.