त्रिकोणात्मक टी-२० सिरिज
नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल, कुशल भुर्तेलसहित तीनजना नखेल्ने
काठमाडौं : घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको चौथो खेलमा नामिबियाले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ । टीयु क्रिकेट मैदानमा नेपालविरुद्ध नामिबियाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो।
यसअघि भएका दुई खेलमा नामिवियासँग २० रन र नेदरल्याण्डसँग २ रनको हार व्यहोरेको नेपालले आजको खेल जित्नै पर्ने दबाबमा छ। खेल ११: ३० बजेदेखि सुरु हुँदैछ।
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीमा आज तीनजना परिवर्तन भएका छन् । कुशल भुर्तेल,सन्दीप जोरा र ललित राजवंशीलाई विश्राम दिइएको छ। अनिल शाह,अभिनाश बोहोरा र आरिफ शेख मैदानमा उत्रिदैछन्।
नेपालको टोली
आसिफ शेख,रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, अनिल शाह, अभिनाश बोहोरा र आरिफ शेख
नामिबियाको टोली
मलान क्रुगर,माइकल भान लिंगेन, जेपी कोट्जे, जान फ्रिलिंक, जेजे स्मिट, जान निकोल लोफ्ट इटन, जेन ग्रीन, रुबेन ट्रम्पलम्यान, बर्नार्ड स्कोल्ज, पिटर ब्लिगनट, बेन शिकोंगो