आगामी दिनमा स्वास्थ क्षेत्रमा फरक ढंगबाट बजेट विनियोजना हुन्छ : प्रधानमन्त्री

आगामी दिनमा स्वास्थ क्षेत्रमा फरक ढंगबाट बजेट विनियोजना हुन्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी नीति तथा बजेट कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई विगतको भन्दा फरक ढंगबाट बजेट बिनियोजन गर्ने बताएका छन्। चितवनको भरतपुरमा निर्माण भएको बाल आखारोग बहिरङ्ग विभाग तथा अत्याधुनिक शल्यक्रिया भबनको उद्घाटनपछि प्रचण्डले यस्तो बताएका हुन्। 

उनले स्वास्थ्य क्षेत्रमा योपटक अधिकतम बजेट बिनियोजन गर्ने प्रतिवद्धता पनि जनाए । उनले वर्तमान सरकार संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी हकलाई व्यवहारमा कार्यान्वयन गर्न निरन्तर क्रियाशील रहँदै आएको बताए । संविधानअनुरूप निर्माण गरिनुपर्ने ऐनहरूको तर्जुमाका निम्ति सरकारले गम्भीर पहल लिइरहेको जनाउँदै उनले यी सबै प्रयासहरूले स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण सुधार हुने विश्वास व्यक्त गरे।  

उनले सरकार,सामाजिक क्षेत्र र सामाजिक व्यक्तित्वहरूको साझा पहल र सक्रियताकै कारण अस्पतालले आँखा रोगसम्बन्धी विशेषज्ञ सेवा र अस्पतालको विश्वसनीयतामा समेत बढोत्तरी हुँदै गएको बताए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.