बडपनबिनाको बडापन!

बडपनबिनाको बडापन!

एक योगले अनेक योग जुटाइदिँदो रहेछ। अचेल जीवनलाई योगमय पाइरहेछु। एकपछि अर्को, अर्को पछि अर्को गर्दै, गन्दै जीवन नै चिन्तनैचिन्तन झैं झांगिन लागेको अनुभूति कुम्ल्याउँदै छु।

सखारै ५ बजे। सासूकी छोरी दूरदर्शन हेरिरहेकी। बिउँझाई साथ, पर्छ दृष्टि दूरदर्शनमै। ध्यानयोग कर्मयोग र ज्ञानयोगसित जोड्दै पाएँ योगस्वामी रामदेव योगाभ्यासरत। योग ध्याननिष्ठ कर्मनिष्ठ र ज्ञाननिष्ठ रहने क्षमता हासिल गर्ने रहेछ साधना। थिए योगस्वामी अध्यस्त अनुदेशन अनुरक्त। थिए अभ्यस्त योग प्रणामी निपुणता साथ योग मस्ती। वाणी—वचन र क्रियात्मक अनुशीलन उहाँको शालीन प्रस्तुति प्रेरणाप्रद थियो। अनुरक्तिय म।

ध्यानयोगका लागि एकाग्रता अनिवार्य हुँदो रहेछ। लाग्न थाल्यो कि एकाग्रता नै ध्यानयोग साधना साधन रहेछ ! मनमनै भनें– ध्यानयोगबाट एकाग्रता प्राप्त हुँदो रहेछ। एकाग्रता भन्नु मनलाई विचलनबाट बचाउनु। मनको चञ्चलता काबुमा पार्न ध्यानयोग नगरी नहुँदो रैछ। ध्यानयोगको पहिलो साधना साधन चिन्मय बन्नु रहेछ। आँखा चिम्लनु चिन्मय बन्ने पहिलो शारीरिक साधना बन्छ। यी अनेकन भौतिक वस्तुको लालसामुक्त हुन नहेर्ने बानी बसाल्नु पर्दो रहेछ। हेरेर लालसा बढ्दो रैछ। नहेरे कम हुँदो। यही रहेछ ध्यान गर्दा आँखा चिम्लनुको रहस्य। आँखा चिम्लनु ध्यान मुद्रामध्ये एक।

वर्तमान–लालसामय युग बनेको छ। लालसा वृद्धि गर्ने काम विज्ञान र प्रविधिले बेजोड बनाएको छ। नयाँनयाँ खोजी आविष्कार र विज्ञापनले लालसा बढाउन बृहद् बल पु¥याउँदो छ। आमसञ्चार साधनले गर्भदेखि बालमनोविज्ञानमा अपरिमित असर पार्दाे छ। यस्तो परिस्थितिजन्य परिवेशमा ध्यानयोगको अत्यन्तै अपरिहार्य आवश्यकता छ। चित्तवृत्तिमा आत्मसंयम बढाउन ध्यानयोग साधना गर्नु उत्तम। योगसाधक योगस्वामी रामदेवले पतञ्जलिबाट भरमग्दुर प्रेरणा लिएदिएकै छ। पतञ्जलिपछि योगसाधनालाई जीवन्त अवस्थामा उजागर गरेको छ उनले। सम्भवत: पतञ्जलि रामदेवमा प्रविष्ट भएर योगधर्मलाई उत्थान गर्न यो युगमा ध्यान साधनारत छ। सम्भवामी युगे युगेको अर्थ गीता गेयको।

एकाग्र चिन्तनलाई शालीन राख्न कर्मसाधना अनिवार्य। कर्मको चिन्तनलाई दिन्छ सबल टेवा। कर्महीन चिन्तन बेढंगी राजयोग जस्तै हुन्छ। बेढंगी राजयोग भन्नुको तात्पर्य वाचा–वचनलाई लथ्याएर सार्थक गर्दै बहुलठ्ठीपन देखाउनु हुन्छ। त्यस्ता बहुलठ्ठीपनको चिनेरी नाउँ तेरो गाउँ मेरो बनाउने क्रियाकलाप बन्छ। वर्तमान यस्तै परिवेशमूलक छ। कर्मयोग विजोग खेप्नै पर्ने परिस्थितिको चपेटाको व्यूह रचनामा बेहोस बनै झैं छ।

जे होस्, कर्मयोग जीवन सार्थक बनाउने साधन बन्छ, बन्छ। कुलत कर्म सदाबहार बन्ने साधना होइन, रहनै सक्दैन। काम गर्दा फलको चिन्ता नलिनू गीता गायन बन्यो। सुन्तला रोपे सुन्तलै फल्छ। चिन्ता लिनै पर्दैन। शाश्वत सत्यको परम्परा यही। दोधारे मनले काम नगरे फल त फल्छ नै। आस्थापूर्वक काम गरे फल अवश्यम्भावी। व्यग्र बन्नै पर्दैन।

कमयोगले दिन्छ सत्कार्यलाई प्रश्रय। दुष्कार्यलाई छुँदैन यसले कतै। ड्रोनयानको अभियानलाई कर्मयोगले सत्कार्य मानोइन्। कुत्सित चालामाला कर्मयोगविपरीत चालामालाको हवाला बन्छ। नकारात्मक सोचसित कर्मयोग चल्न सक्दैन। सकारात्मक सोच कर्मयोगको साधना बन्छ। जहाँ कर्मकै साधना बन्छ; त्यहाँ कर्म फल्छ। असल काम गर्नु कर्म साधना। महाकवि गुरु लक्ष्मीप्रसाद देवकोटाले लेखे– ‘ईश्वर चुम्दछ काम सुनौलो गरिरहेका हात !’

सहकार्य सुनौलो काम बन्छ। सुनौलो काम सुनौलो काम हो। सुनौलो काम सदाबहार बन्छ। सुन झैं मूल्यवान् रहन्छ। सदाबहार रहन्छ। फलाम कडा हुन्छ। तर, खिया लाग्छ कहाँ त्यसमा। सुन खियामुक्त छ। सत्कार्य यसले सुनजत्तिकै सुनौलो। हामीलाई सुनौलो काम सार्थक लाग्छ। खियालाग्दो फलामे काम युग चाहना होइन, यद्यपि फलाम कडा छ। फलामे कडापनले डन्डी र नापको काम गर्ला। रहन्न तर सुनझैं खियामुक्त। हाम्रा चाहना सुनौलो कर्म हो, फलामे होइन।

चहार्छ कर्मयोगले सधैंसधैं ज्ञानयोग। ज्ञानयोगले असल लोक कल्याणकारी विवेक—ब्रह्मका क्षितिज लुकेको लिप्सा। रहन्न असल, लोकहितकारी कार्य सत्कार्यमा निजी स्वार्थ लिप्सा। स्वार्थ लिप्सा अन्तरनिहित कार्य धोकेबाज। स्वार्थले निस्वार्थलाई पलाउन दिन्न। जमाना निस्वार्थमाथि कुल्चिँदै कालोपत्रे मार्ग यात्रा बनेछ। जताततै कालोपत्रे मार्ग मात्र भेटिन्छ। ज्ञानयोग—सत्ज्ञान जुटाउने योग। योग भन्नु जुटाउनु, मिलाउनु, भेटाउनु। ज्ञानयोगको उपासना, अभ्यास, अनुसरणले सत्विचार, सत्चिन्तन र सदाचार उद्भव गराउँछ। सदाचार सुनजस्तै सदाबहार। सदाचारले हामीमा खिया लाग्न दिन्न। तर, युग भने फलामे बनेछ। नेपालभाषामा कलिफोकटिया हुन्छ। कलियुग फोकटिया जमाना। फोकटिया जमाना बडपनको जमाना। यहाँ बडपन छ्यापछ्याप्तिएको। बडपनबिनाको बडापन भेट्टाउन कसरत गर्नु छ।

बडापन थेग्रिएको हुन्छ। बडापन सतही हुन्छ। थेगिएको वस्तु ओजदार हुन्छ। आफ्नै ओजनले उसलाई थेग्रिने प्रवृत्तिमूलक बनाइदिएको हुन्छ। यो प्रकृतिकै प्राकृत नियम। यही नियमले प्रवृत्ति बनाइदिन्छ। सतही वस्तु बग्रेल्ती रहन्छ। हुरीहावा बग्रल्तीपनको गर्भ। हुरीहावाले उडाएको धुलो क्षणिक रहन्छ। सामान्य र सौम्य स्थितिलाई खल्बल्याउन सक्छ त्यसले। एक अवधिसम्म हलचल ल्याउन त सक्ला त्यसले।

तर, स्थायित्व रहन्न त्यसको। क्षणिक रहन्छ त्यो। क्षणिकपन अल्पायु। टिक्दैन त्यो दीर्घकालसम्म। योगस्वामी रामदेवलाई हेर्दै देख्दै आफैंसित कथ्दै रहेँ यस्तै। एक योगले अनेक योग जुटाइदिँदो रहेछ। अचेल जीवनलाई योगमय पाइरहेछु। एकपछि अर्को गर्दै, गन्दै जीवन नै चिन्तनैचिन्तन झैं झांगिन लागेको अनुभूति कुम्ल्याउँदै छु। बडपनबिनाको बडापन असल मानिसको आग्रह बनोस्– शारदीय कामना सबै सबै सहृदय महानुभावमा ! जीवेत सरदम् शतम् ! बडपनबिनाको बडापन् !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.