कर्णालीको चुनौती बन्दै छ मानसिक समस्या

कर्णालीको चुनौती बन्दै छ मानसिक समस्या
सांकेतिक तस्बिर।

कर्णालीमा आधारभूत स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा छैन। गर्भवती महिलाले प्रसूति हुन नसकेरै अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ। सामान्य स्वास्थ्य समस्यामा पनि नागरिकमा जनचेतनाको कमी र समयमै उपचार सेवा नपाउँदा अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता पनि उस्तै छ। तर, पछिल्लो समय कर्णालीमा मानसिक स्वास्थ्य समस्या पनि एक गम्भीर स्वास्थ्य चुनौतीका रूपमा देखा परेको छ। यसलाई मानिसहरूले अरूले थाहा पाउलान् भनेर लुकाउने समस्या पनि उस्तै छ। यसले समाजलाई थप समस्याग्रस्त बनाइरहेको छ। 

कर्णालीमा मानसिक स्वास्थ्य समस्याको उपचार आमनागरिकको पहँुचमा छैन। कर्णाली प्रदेश अस्पतालमा कार्यरत दुई जना मनोरोग विशेषज्ञबाहेक अन्य कुनै पनि अस्पतालमा मानसिक स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा पाइँदैन। भौगोलिक विकटता र आर्थिक समस्याका कारण सबै नागरिक प्रदेश अस्पताल नै पुगेर उपचार सेवा लिन सक्ने अवस्था पनि छैन। कर्णाली प्रदेश अस्पतालमा हरेक दिन ४० देखि ५० जनासम्म मानसिक स्वास्थ्य समस्या भएका बिरामी आउने गरेका छन्। प्रदेश अस्पतालमा दिनप्रतिदन बिरामीको चाप बढ्दै गएको छ। लागुऔषधको दुव्र्यसन, पारिवारिक कलह, हिंसा र दुव्र्यवहारजस्ता कारण हुने मानसिक समस्याका साथै छारे रोग, माइग्रेन, टाउको दुख्ने, शरीर दुख्ने, बेहोस हुनेजस्ता समस्या कर्णालीमा बढी छ। गर्भवती तथा सुत्केरी महिलाहरूमा पनि यस्तो समस्या देखिने गरेको छ। कर्णालीमा वयष्क जनसंख्याको ११.७ प्रतिशतमा विभिन्न खालका मानसिक स्वास्थ्य समस्या छ। प्रदेश अस्पतालमा अहिले भ्रमजन्य रोगहरूको उपचारका लागि ५ बेडको मानसिक वाड व्यवस्थापन गरेका छौं। तर, व्यवस्थित भने बन्न सकेको छैन। 

(डा. समदर्शी कर्णाली प्रदेश अस्पताल सुर्खेतका मनोरोग विशेषज्ञ हुन्।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.