१६ वर्षपछि सडक स्तरोन्नति सुरु

१६ वर्षपछि सडक स्तरोन्नति सुरु

बेनी : मार्ग खुलेको १६ वर्षपछि पर्वतको जलजला गाउँपालिका-८ को खनीयाघाट-डमुवाखोला-नाग्लीवाङ सडक स्तरोन्नतिको काम थालिएको छ। २०६४ मा मार्ग खोलिएको यो सडक गण्डकी प्रदेश सरकार र जलजला गाउँपालिकाको साझेदारीमा स्तरोन्नति गर्न लागिएको हो। 

प्रदेश सरकार र गाउँपालिकाको दुई करोड रुपैयाँ लागत साझेदारीमा यसपाली सडक विस्तार, नाली र पर्खाल निर्माणका साथै ढलान गर्न लागिएको वडाध्यक्ष हरि विकास जिसीले जानकारी दिए। ‘एक करोड ३३ लाख ५५ हजार २१८ रुपैयाँमा ठेक्का सम्झौता गरेको साहना सक्षम जेभीले साँघुरो र अप्ठ्यारो सडक तथा घुम्तीलाई फराकिलो बनाएर पर्खाल र नाली निर्माणलाई तीव्रता दिएको छ,’ उनले भने ‘संरचना निर्माणको काम सकिएपछि करिब एक किलोमिटर सडक ढलान गर्ने तयारी गरिएको छ।’

आगामी जेठ महिनाभित्र सडक निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण व्यवसायीले बताएका छन्। पहिलो चरणमा डमुवाखोलादेखि नाग्लीवाङसम्मको ३ किलोमिटर सडकलाई स्तरोन्नति गर्न लागिएको हो। हाल तीनदेखि चार मिटर फराकिलो सडक हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने गर्छ। 

यसअघि गाउँपालिकाको ५० लाख रुपैयाँ बजेटमा अप्ठ्यारो ठाउँमा ५०० मिटर सडक ढलान गरिएको थियो। नाग्लीवाङ र छिमेकी वडा बनौका एक हजारभन्दा बढी घरधुरीले यो सडक प्रयोग गर्छन्। राष्ट्रिय राजमार्ग कालीगण्डकी करीडोरमा पर्ने डमुवाखोलादेखि नाग्लीवाङ हुँदै लुप्राङ जोड्ने यो सडक ११.५ किलोमिटर लामो छ।

सडक पूर्ण रुपमा स्तरोन्नतिका लागि ४८ करोड रुपैयाँ लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर स्रोतको खोजी गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए। प्रदेश र संघीय सरकारसँग सडक स्तरोन्नतिका लागि योजना र बजेट प्रस्ताव गरेको उनले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.