माओवादीसँगको गठबन्धन तोडिएपछि देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समिति बैठक

माओवादीसँगको गठबन्धन तोडिएपछि देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समिति बैठक
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका छन्। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार अपराह्न ३ बजे सभापति देउवाको निवास बूढानिलकण्ठमा कार्यसम्पादन समिति बैठक बोलाएको जानकारी दिए।

उनका अनुसार सोमबार बिहान पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपश्चात  सभापति देउवाले मंगलबार बस्ने गरी कार्यसम्पादन समिति बैठक बोलाएका हुन्।

समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न कार्यसम्पादन समिति बैठक बोलाइएको हो।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले कांग्रेससँगको गठबन्धन तोडेपछि देउवाले बैठक बोलाएका छन्। नेपाली कांग्रेसका मन्त्रीहरुले प्रधानमन्त्रीलाई सहयोग नगरेका कारण सत्ता गठबन्धन परिर्वतन गर्नुपरेको नेकपा माओवादी केन्द्रले दाबी गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.