अवरुद्ध नारायणगढ-बुटवल सडक एकतर्फी सञ्चालन

अवरुद्ध नारायणगढ-बुटवल सडक एकतर्फी सञ्चालन
सुन्नुहोस्

परासी : आइतबार साँझदेखि अवरुद्ध बनेको नारायणगढ–बुटवल सडक खण्डको नवलपरासीस्थित दाउन्ने सडक एकतर्फी सञ्चालनमा आएको छ। बिहान ११ बजेदेखि साना सवारी साधनहरूलाई पालैपालो आवतजावत गराइए पनि ठूला सवारी साधन भने सञ्चालन हुन सकेका थिएनन्। 

दिउँसो २ बजेदेखि भने रोकिएका बसलाई पालैपालो गरी आवतजावतको व्यवस्था मिलाइएको जिल्ला ट्राफिक कार्यालय पश्चिम नवलपरासीका प्रमुख इन्स्पेक्टर राजु खत्रीले बताए। सडकका कारण सवारी साधनलाई भने रोक लगाइएको छ। ‘अहिले बसलाई मात्र पालैपालो पठाइएको छ। डोजरले सडकमा थुप्रिएको हिलो हटाइरहेकाले पूर्ण रूपमा सञ्चालन हुन केही समय लाग्छ’, खत्रीले भने। 

साँझसम्म ट्रकसहित सबै सवारी साधनहरूलाई दोहोरो सञ्चालन हुने गरी काम भइरहेको ट्राफिक प्रहरीले जनाएको छ। आइतबार परेको सिमसिमे पानीका कारण पूर्वी नवलपरासीतर्फको दाउन्नेस्थित त्रियासी मोड र पश्चिम नवलपरासीको एसमोडमाथिको सडक अवरुद्ध भएको थियो। राजमार्गको सडक विस्तारका क्रममा बनाइएको डाइभर्सनमा नयाँ माटो राखेका कारण पानीले सडक दलदल बनाउँदा सवारी साधन सञ्चालन हुन सकेका थिएनन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.