सिङ्गापुरमा कर्मचारी अवकाशको उमेर ६४ वर्षमा पुर्याउने
सिङ्गापुर : सिङ्गापुरले सन् २०२६ मा कर्मचारीको सेवानिवृत्तिको उमेर ६३ बाट बढाएर ६४ वर्षमा पुर्याउने घोषणा गरेको छ। सिङ्गापुरका जनशक्ति मन्त्री तान सी लेङले सोमबार संसद्मा कर्मचारीको सेवानिवृत्तिको उमेर ६४ वर्षमा पुर्याउने घोषणा गरेका हुन्।
उनले पुन: अवकाशको उमेर भने ६८ बाट ६९ वर्षमा पुर्याउने पनि बताए । सन् २०२३ जुनसम्ममा सिङ्गापुरका लगभग २० प्रतिशत नागरिक ६५ वर्ष र सोभन्दा माथिका थिए। कुल प्रजनन दर गत वर्ष ०.९७ मा झरेको थियो । सो प्रजनन दर देशको इतिहासमा पहिलो पटक १ अङ्कभन्दा तल झरेको थियो। -रासस/सिन्ह्वा