त्रिकोणात्मक टीट्वेन्टी शृंखला : उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स खेल्दै

त्रिकोणात्मक टीट्वेन्टी शृंखला : उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स खेल्दै
सुन्नुहोस्

काठमाडौं : त्रिकोणात्मक टीट्वेन्टी शृंखलाको उपाधिका लागि मंगलबार घरेलु टोली नेपालले नेदरल्यान्ड्सको सामना गर्दैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने फाइनलमा दुवै टोलीको नजर उपाधिमा हुनेछ। 

एसोसिएटको माथिल्लो टोली नेदरल्यान्ड्ससँग नेपालले घरेलु मैदानमा दोस्रो पटक त्रिकोणात्मक टीट्वेन्टी शृंखलाको फाइनल खेल्न लागेको हो। यसअघि नेपालले सन् २०२१ मा भएको फाइनल भिडन्तमा नेदरल्यान्ड्सलाई एक सय ४२ रनले हराउँदै उपाधि जितेको थियो। नेपालले दिएको दुई सय ३९ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १७.२ ओभरमा ९६ रनमा समेटिएको थियो।

नामिबियासमेत सम्मिलित शृंखलाको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो। एक सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ८२ रन मात्रै बनाउन सकेको थियो। दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको थियो। नेदरल्यान्ड्सले दिएको एक सय २१ रनको लक्ष्य नेपालले १५.२ ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो।

नेपाल र नेदल्यान्ड्सबीच अहिलेसम्म ११ टीट्वेन्टी खेल भएका छन्। जसमा नेपाल र नेदरल्यान्ड्सले पाँच÷पाँच खेल जितेका छन् भने एक खेल बिना नतिजा टुंगिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.