अमेरिकाको मिनेसोटामा अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सव

अमेरिकाको मिनेसोटामा अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सव
सुन्नुहोस्

मिनेसोटा : अमेरिकाको मिनेसोटा प्रान्तस्थित हुस्टन सहरमा २२औं संस्करणको अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सव भएको छ। २७ वर्षअघि घाइते अवस्थामा फेला परेको ग्रेट हर्न आवल प्रजातिको लाटोकोसेरोको बच्चा उद्धार गरेर उपचार गरिएको थियो। 

पखेटा भाँच्चिएर प्रकृतिमा फर्कन नसक्ने अवस्थामा रहेको एलिक नाम दिइएको लाटोकोसेराले अन्डा कोरेलेको दिनको अवसर पारेर सन् २००३ देखि अमेरिकाको मिनेसोटा स्थित हुस्टन सहरमा अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सव आयोजना हुँदै आएको आयोजकले बताएका छन्। 

nullजन्मिएको तीन हप्तामै एलिक गुँडबाट खसेर घाइते भएकी थिई । पखेटामा गहिरो चोट लागेर घाइते भएकी एलिक प्रकृतिमा फर्कन नसकेपछि २७ वर्षदेखि अहिलेसम्म पनि संरक्षण गरेर राखिएको इन्टरनेसनल आवल सेन्टरकी निर्देशक कार्ला ब्लुमले बताइन्। 

महोत्सवमा यसरी नै विभिन्न समयमा घाइते अवस्थामा फेला परेर उद्धार गरी उपचार गर्दा प्रकृतिमा फर्कन नसकेका ग्रेट हर्न प्रजाति, स्नो आवल, वन आवललगायतका ७ प्रजातिका लाटोकोसेरो प्रत्यक्ष रूपमा प्रदर्शन गरेर संरक्षण शिक्षा दिइएको थियो। सम्बन्धित सरकारी निकायसँग अनुमति लिएर लाटोकोसेरो संरक्षण उत्सवमा शैक्षिक प्रदर्शनी हुँदै आएको आयोजकले बताएका छन्। 

nullमहोत्सवमा विभिन्न देशका अनुसन्धानकर्मी, वैज्ञानिक, संरक्षणकर्मीहरूले लाटोकोसेरोको महŒवका बारेमा प्रस्तुति दिएका थिए। कार्यक्रममा लाटोकोसेरो संरक्षणसँग जोडेर बालबालिकाबीच उल्लुको आवाज निकाल्ने प्रतियोगिता र विभिन्न खेलकुद प्रतियोगिता पनि भएको छ। 

nullमहोत्सवमा चेक एकेडेमी अफ साइन्स इन्स्टिच्युट अफ भर्टिब्रेट बायोलोजीका लिटिल आउल अनुसन्धानकर्ता वैज्ञानिक मार्टिन सालेकले लाटोकोसेरोको महŒव र संरक्षणका विषयमा गरिएको अनुसन्धानमा आधारित भएर प्रस्तुति दिएका छन्। यसैगरी नर्वेका रिसर्चर डा. रोअर सोल्हाइमले पनि लाटोकोसेरोको महŒव र पहिचानका विषयमा प्रस्तुति दिएका थिए। 

nullलाटोकोसेरो संरक्षण महोत्सवमा ३३ देशबाट करिब ४ हजार सहभागीले पठाएका उल्लुको प्रदर्शनी भएको छ। महोत्सव अवधिभर मिनेसोटाको हुस्टन सहर नै रमणीय भएको थियो। महोत्सव वरपरका रेस्टुरेन्ट र सडक किनारमा लाटोकोसेरो संरक्षण जनचेतनामूलक फोटो र पोस्टर राखिएको थियो। 

महोत्सवमा युवा, विद्यार्थी, हजुरबुवा, हजुरआमा पुस्ताको बाक्लो उपस्थिति थियो। महोत्सवमा तीन हजारभन्दा धेरैको सहभागिता रहेको छ। महोत्सवमा सहभागी ७९ वर्षीय डग्लस थमसनले लाटोकोसेरो महोत्सवले सहरको पहिचान भएको बताए। महोत्सवकै कारण पर्यापर्यटनको विकासको साथै लाटोकोसेरोलगायत विभिन्न प्रजातिका चरा र वन्यजन्तु संरक्षणमा महŒवपूर्ण योगदान पुगेको उनले सुनाए। 

nullनेपालमा पनि लाटोकोसेरो संरक्षण उत्सव हुँदै आएको छ। गत माघ महिनाको १९ र २० गते पर्वत जिल्लाको जलजला गाउँपालिकाको लेकफाँटमा दुईदिने नेपाल लाटोकोसेरो उत्सव भएको थियो। अमेरिकामा भएको अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवमा पर्वतमा भएको ११औं संस्करणको लाटोकोसेरो उत्सवसमेत समेटिएर बनाइएको डकुमेन्ट्री प्रदर्शन गरिएको छ। प्रकृतिका साथीहरू नामक संस्थाले नेपालमा लाटोकोसेरो संरक्षण उत्सव गर्दै आएको छ।

पत्रकार बरालद्वारा फोटो र भिडियो प्रदर्शन 

महोत्सवमा नेपालका तीन प्रजातिका लाटोकोसेरोको उद्धार गरिएका फोटो कथाको प्रदर्शनी गरिएको छ। साथै नेपालको जैविक विविधता, पर्यापर्यटनको गन्तव्य, उल्लु संरक्षणका गतिविधि र नेपाल लाटोकोसेरो उत्सव समेटिएका डकुमेन्ट्री प्रदर्शन गरिएको छ। 

nullपत्रकार तथा संरक्षणकर्मी कृष्णमणि बरालले विभिन्न समयमा विभिन्न प्रजातिका लाटोकोसेरो उद्धार गर्दा खिचेका तस्बिर तथा भिडियो अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवमा प्रदर्शन गरेका हुन्। 

तीनदिने महोत्सवमा बरालले नेपालमा हुँदै आएका लाटोकोसेरो तथा हुचिल उत्सव, चरा उत्सवजस्ता कार्यक्रमले चरा, वन्यजन्तु संरक्षण विषयमा जनस्तरमा महŒवपूर्ण सन्देश जानुको साथै संरक्षणमा योगदान पुग्दै आएको बताए। क्षेत्रफलका हिसाबले नेपाल सानो छ तर जैविक विविधताको हिसाबले समथर तरार्ईदेखि विश्वकै उच्च सगरमाथाको देश नेपाल विश्वमै धनी रहेको बरालले कार्यक्रममा बताए। 

nullनेपालमा ८ सय ९२ प्रजातिका चरा पाइन्छन्। नयाँ प्रजातिका चरा थपिने र पहिले रेकर्ड भएका केही प्रजातिका चरा लोप हुने अवस्थामा रहेका नेपालमा भइरहेको चरा अनुसन्धानबाट देखिएको छ। 

नेपालमा २३ प्रजातिका लाटोकोसेरो पाइन्छन्। अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सव भइरहेको देश अमेरिकामा १९ प्रजातिका लाटोकोसेरो पाइने महोत्सवमा बताइएको छ।

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.