गाउँ पसेको चित्तलको उद्दार

गाउँ पसेको चित्तलको उद्दार
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

झापा : जंगलबाट निस्किएर गाउँ पसेको दुर्लभ पोथी चित्तलको उद्धार गरिएको छ । झापा हल्दीबारी गाउँपालिका– ४ स्थित पाथीभरा सामुदायिक वनबाट मंगलबार बिहान साढे ८ बजे  निस्किएको चित्तललाई कुकुरले लखेटेपछि ज्यान जोगाउन गाउँ पसेको थियो । 

स्थानीयको भान्सा घरमा पसेको चित्तललाई प्रहरी चौकी जलथल र डिभिजन वन कार्यालय झापाबाट आएको टोलीले जिवितै सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए । 

उद्धार गरिएको चित्तललाई वन कार्यालय लगिएको जनाइएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.