ओमोडा ई फाइभको वाटर वेडिङ र  अण्डरबडी स्क्रापिंगको परीक्षण सफल

ओमोडा ई फाइभको वाटर वेडिङ र  अण्डरबडी स्क्रापिंगको परीक्षण सफल
सुन्नुहोस्

काठमाडौं : ओमोडा ई फाइभको वाटर वेडिङ र  अण्डरबडी स्क्रापिङको परीक्षण सफल भएको छ। ओमोडाको पहिलो पूर्ण विद्युतीय मोडल द ओमोडा इ फाइभले ब्याट्री सम्बन्धि दुईवटा महत्वपूर्ण परीक्षण गाडीको पानी छिचोल्ने वाटर वेडिङ र अण्डरबडी स्क्रापिंग परीक्षण गरेको हो। यस गाडीले  दुवै चुनौती पार गर्दै सवारीको सुरक्षा क्षमताको उच्चतम प्रदर्शन गरेको छ।

पानी छिचोल्ने वाटर वेडिङ परीक्षणले ओमोडा इ फाइभलाई वाटरप्रुफ प्रमाणित गरेको छ। परीक्षणका क्रममा ओमोडा इ फाइभले गाडीको अगाडिको ग्रीलसम्मको पौखरी सतहकै पानीलाई छिचोलेको थियो। पोखरीको पानीले गाडीको अगाडिको भागको तीन चौथाइ भाग छोपेको थियो। 

त्यसका बावजुद ओमाडा इ फाइभले पोखरीलाई स्थिर गतिमा पार गर्न सफल भएको छ। सो परीक्षणका क्रममा गाडीमा पानीको चुहावट र विद्युतीय त्रुटी नदेखिएको कम्पनीले जनाएको छ। 

अण्डरबडी स्क्रापिंग परीक्षणका निम्ति दुर्घटनाका क्रममा बन्न सक्ने कडा परिवेश श्रृजना गरिएको थियो। जसका निम्ति गाडीलाई वास्तविक अवस्थामा सडकमा आउन सक्ने अवरोध श्रृजना गरी परीक्षण गरिएको हो। 

यस परीक्षणमा ओमोडा इ फाइभले २१० mm उचाइको फलामको पोष्ट पार गरेको थियो। जसले गाडीको संरचनागत पक्षमा महत्वपूर्ण चुनौती खडा गरेको थियो। तल्लो सतहको परीक्षण गरिसकिएपछि पनि ३० mm माथि रहँदै अघि बढेको गाडीको ब्याट्रि प्याकमा कुनै क्षति पुगेन। जसले प्रभावकारी सुरक्षाको प्रत्याभूति गरेको छ। गाडीको तल्लो भागमा क्षति पुगे पनि गाडीको संरचनाले सुरक्षा र स्थिरता प्रदान गरेको प्रमाणित गरेको कम्पनीले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.