गठबन्धन भत्काउनु नियोजित छ, प्रधानमन्त्रीको कदमले अस्थिरता बढ्यो : कांग्रेस

गठबन्धन भत्काउनु नियोजित छ, प्रधानमन्त्रीको कदमले अस्थिरता बढ्यो : कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसलेले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले कपोलकल्पित कारण देखाएर गठबन्धन भत्काउनु नियोजित देखिएको दाबी गरेको छ । सभापति शेरबहादुर देउवाको निवास, बुढानिलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डको यो कदमले अन्यौल र अस्थिरतालाई बढावा दिएको दाबी गरेको हो।

बैठकले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको वर्तमान सरकारलाई नेपाली कांग्रेसले दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
‘सरकारलाई दिएको समर्थन फिर्ता सम्बन्धमा नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष श्री पुष्पकमल दाहालको नेतृत्वमा रहेको वर्तमान सरकारलाई नेपाली कांग्रेसले दिएको समर्थन फिर्ता लिने निर्णय गर्दछ।’बैठकपश्चात जारी कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘०७९ मंसिर ४ मा सम्पन्न निर्वाचनमा साझा ढंगले गरिएका वाचा र निर्वाचन मार्फत मतदाताले दिएको म्याण्डेडप्रति नेपाली कांग्रेस प्रतिबद्ध रहिआएको थियो । तर त्यो म्याण्डेडलाई कुठाराघात गर्दै दोस्रो पटक पनि उहाँ अविश्वसनीय ढंगले अग्रसर हुनु भएपछि नेपाली कांग्रेस सहमत रहन सक्ने र विश्वास राख्न सक्ने स्थिति रहेन । संविधान रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै, क्रमशः सुधारोन्मुख अर्थतन्त्रमा गति प्रदान गर्दै, नागरिक पंक्तिमा नवीन आशा जगाएर अघि बढ्नुपर्ने समयमा कपोलकल्पित कारण देखाएर गठबन्धन भत्काउनु नियोजित देखिएको त छ नै प्रधानमन्त्रीको यो कदमले अन्यौल र अस्थिरतालाई बढावा दिएको छ । ’

बैठक गठबन्धन तोडिनुलाई  गम्भीर ढंगले लिंदै संसदमा प्रतिपक्षको भुमिका सशक्त र प्रभावकारी ढंगले निभाउने निर्णय गरेको छ। बैठकले बदलिएको परिस्थितिमा एकताबद्ध भएर नेपाल देश र नेपाली नागरिकप्रतिको आफ्नो जिम्मेवारी निर्वाह गर्दै संगठनमा समर्पित ढंगले लाग्न अपिल गरेको छ।

पौडेलका अनुसार आगामी वैशाख १५ गते इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा सम्पन्न हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय  गरेको छ। ‘उप निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति श्री शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय यो बैठक गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त उप निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा नेपाली कांग्रेस दल दर्ता सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव श्री कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने निर्णय यो बैठक गर्दछ ।’
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.