भारतीय ट्यांकरको सिटमुनिबाट मोटरपार्टस बरामद

भारतीय ट्यांकरको सिटमुनिबाट मोटरपार्टस बरामद
सुन्नुहोस्

झापा : प्लाइउड उद्योगमा प्रयोग हुने रेजिन बोकेको भारतीय नम्बर प्लेट भएको ट्यांकरले भन्सार छलेर अन्य सरसामान भित्राउने गरेको पाइएको छ। मेची भन्सार कार्यालय काँकडभिट्टाले रेजिन बोकेको भारतीय ट्यांकरबाट ठुलो मात्रामा मोटरपार्टस लगायतका सामान बरामद गरेसँगै यस्तो घटना बाहिर आएको हो। 

भारतको पानीटंयाकी नाकाबाट नेपाल प्रवेश गरेको एनएल ०२ एन ६९४९ नम्बरको भारतीय ट्यांकर मंगलबार साँझ मेची भन्सार प्रवेश गरेको थियो। भन्सार कर्मचारीले विशेष सूचनाका आधारमा भन्सार यार्डमा रहेको ट्यांकरको खानतलासी गरेका थिए। 

ट्यांकरको अगाडि भाग (चालक) बस्ने सिटमुनिबाट मोटरपार्टस लगायतका सामान बरामद गरिएको मेची भन्सारका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए। ‘भारतबाट आउने यस्ता सवारीसाधनमा अन्य सरसामान पनि आउने गरेको सूचना हामीलाई थियो,’ सूचना अधिकारी कँडेलले भने, ‘आज चेकजाँच गर्दा ट्यांकरबाट सामान फेला पर्‍यो।’ 

सो रेजिन बोकेको ट्यांकर काँकडभिट्टाबाट जनकपुरतर्फ जाने तयारीमा थियो। ट्यांकरबाट बरामद गरिएको सामान भन्सारमा राखिएको बताउँदै उनले भने, ‘चालकलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको जिम्मा लगाइएको छ।’ बरामद सामानको यकिन मूल्य भोलि मात्रै थाहा हुने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.