बेहाल वायुसेवा निगम

बेहाल वायुसेवा निगम

नेपाल सरकार स्वामित्वको नेपाल वायुसेवा निगम (एनए) वास्तवमै किंकर्तव्यविमूढ अवस्था छ । भएका जहाज बिक्री गर्न खोज्छ, केही जहाज किन्न पनि खोज्छ र भाडामा लिने प्रक्रिया पनि थाल्छ । तर कुनैमा सफल हुँदैन । जहाज बिक्री गरेर हुने कि नयाँ थपेर भन्ने कुनै यकिन दृष्टिकोण छैन । गर्दा के हुने हो भनेर समिति बनाउँदै सुझाव पनि माग्छ । समितिपिच्छेका थरीथरी राय आउँछन् । 

एउटा न्यारोबडी जहाज मर्मतका लागि इजरायल पठाएको छ, तर निर्धारित समावधिमा पनि मर्मत भएको छैन । सर्त पालना नगरेको इजरायल कम्पनीका अघि निगम निरीह छ । आन्तरिक उडानतर्फको ट्विनअटर एउटा जहाज त्रिभुवन विमानस्थलमै घाम तापिरहेको छ । उडानका लागि आवश्यक मर्मत हुन 
सकेको छैन ।

२०७१ सालमा चीनबाट पाएका र किनेका गरी ६ जहाजमध्ये ५ वटा बिक्री गर्न खोज्दा क्रेता भेटिएको छैन । अन्तर्राष्ट्रिय उडान गर्न आवश्यक जहाज भाडामा लिने प्रक्रिया पूरा भएको छैन । नयाँ किनेर थप्ने हो भने पनि त्यो कसरी नाफामा जान्छ भन्ने ग्यारेन्टीसहितको व्यापारिक योजना छैन । अन्तर्राष्ट्रिय उडानका 

गन्तव्यमध्ये आधामा मात्रै निगमका जहाजले उडान गरिरहेका छन् । आन्तरिकतिर पनि ३९ गन्तव्यमध्ये १९ वटामात्रै सेवा छ । 

व्यवस्थापकीय गञ्जागोलकै कारण निगम ऋणको चेपटामा डुबेको छ । ४७ अर्ब रुपैयाँ दीर्घकालीन ऋणको ब्याजमात्रै १० प्रतिशतका दरले तिरिरहनुपरेको छ । सोल्टी होटलमा रहेको निगमको सेयर बिक्री गरी पैसा जोहो गर्ने कि अर्काे विकल्प खोज्ने भन्नेमा पनि द्विविधा छ । लफडै लफडाका कारण निगमको बेहाल छ र अस्तव्यस्तता । खासमा सरकारले निगमलाई निजी संस्थासँगको साझेदारीमा अर्थात् कम्पनी मोडेलमा लगेर चलाउनु मनासिव देखिएको छ ।

सरकार आफैंले व्यवस्थापन गर्न सक्दैन भन्ने पटकपटक पुष्टि भइसकेको छ । कि व्यवस्थापकीय सुधारमा सरकारले समाधानका उपाय पहिल्याएर ठोस कदम चाल्नुपर्छ । तर यथास्थितिमै जहाज बिक्री गरेर वा नयाँ किन्दै थपेर जे गरेर भए पनि निगम उँभो लैजाने भन्ने असम्भव जस्तै भइरहेको छ । निगमको दीर्घकालीन भविष्यका लागि दीर्घकालीन रणीतिकै आवश्यक छ । खुद्रा समाधान गरेर निगम बेहालको समुद्रबाट बाहिर निस्कन मुस्किल छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.