रसुवामा फैलिँदै जडिबुटी खेती

रसुवामा फैलिँदै जडिबुटी खेती
सुन्नुहोस्

रसुवा : चिराइतो बहुमूल्य जडिबुटी हो। डेढ दशक अघिसम्म प्राकृतिक रुपमा रसुवाको वनमा मात्र पाइन्थ्यो। अहिले किसानहरू व्यावसायिक खेती गरेर आम्दानी लिन थालेका छन्। 

आयआर्जनको सम्भावना देखेपछि यहाँका किसानले जडिबुटी खेती गरेर आम्दानी लिन थालेका हुन्। बहुऔषधीय गुण भएको चिराइतो नेपालका धेरै उच्च पहाडी क्षेत्रमा पाइन्छ। चीन तथा भारततर्फ निर्यात हुन थालेपछि यसको माग बढ्यो भने भाउ पनि राम्रो पाउन थालेपछि २०६४ सालदेखि रसुवाको हिमाली भेगमा व्यावसायिक खेती गर्ने बढेको पाइन्छ। 

१ हजार ५ सयदेखि तीन हजार मिटरसम्मको उचाइमा पाइन्छ। यसका लागि २ हजार मिटर उचाइ उत्तम मानिन्छ। कालिका गाउँपालिकाको लोकिल, पलेप, राम्चे र ग्राङदेखि आमाछोदिङ्मो‍ गाउँपालिकाको चिलिमे, टेताङ्चे, गोल्जुङ, गत्लाङ, गोसाइँकुण्ड गाउँपालिका–५ को ठूलोस्याफ्रु, ब्राबल क्षेत्रमा यो जडिबुटी खेतीबाट किसानले राम्रो आम्दानी लिने गरेका छन्। 

यस क्षेत्रमा बोझो, सुगन्धवाल, चिराइतो, मझिठो, पदमचाल, सतुवा जस्ता जडिबुटीको व्यावसायिक खेतीको सम्भावना रहेको किसान सोनाम तामाङ बताउँछन्। 'अहिले अन्य जडिबुटी पनि परीक्षण गरेका छौं अब व्यावसायिक खेती गर्न थाल्ने छौं', तामाङले भने। 

राम्चे, चिलिमे र स्याफ्रुमा व्यावसायिक जडिबुटी खेती भइरहेको छ। गाउँमै लाखौं आम्दानीको हुने भएपछि किसानहरू त्यसतर्फ आकर्षित भएका छन्। गाउँमै जडिबुटी ठेकेदार आउँछन् र लैजान्छन् बजारको समस्या छैन बिउ र बिरुवा उत्पादन गरे टाढादेखि खोज्न आउँछन् किसान फुर्पा तामाङले उनले भने, ‘चिराइतो बिरुवाको नर्सरी गर्न भने कठिन छ। तापक्रम मिलाउन नसके सबै बिरुवा नर्सरी मै मर्छ।

जडिबुटी खेतीको सुरुवात भने संस्थाहरूको प्रयासमा भित्रिएको व्यावसायिक खेती सुरुवात गरेको किसान बताउँछन्। आमाछोदिङमो गाउँपालिका–५ का बहादुर लामाले भने ‘यहाँ न्याफ र मानेकोर भन्ने संस्थाले तालिम तथा बिउमा अनुदान दिने गरेपछि सीप सिकेर किसानले जडिबुटी खेती गरेर आम्दानी गर्न थालेका हुन्। चिराइतोको बिरुवा र बिउ बिक्रीमा संस्थाले पनि सहयोग पुर्‍याउने गरेको किसान ङवाङ नाम्ग्यालले भने।’ 

राम्चे, ब्राबल र ठूलोस्याफ्रुमा किसानहरूले नमूनाका रुपमा जडिबुटी खेतीबाट आम्दानी लिन सफल भएका छन्। स्याफ्रुको ब्राबल र ठूलो स्याफ्रुका किसानहरूलाई लाङटाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र सहयोग आयोजनाले पनि सहयोग गरेको छ। अहिले किसानहरूले जडिबुटी खेती गरेर वार्षिक चार लाख रुपैयाँसम्म आम्दानी गर्न थालेपछि चीनतर्फ निर्यात गर्न सहज वातावरण भइदिए जडिबुटी व्यवसाय गर्न सकिने टेताङचे गाउँका किसान सोनामधार्पो तामाङले बताए। आफूले चिराइतो खेतीबाट यसवर्ष तीन लाख रुपैयाँ आम्दानी गरेको उनले बताए। 

चिराइतोलाई तामाङ भाषामा तिम्ता भनिन्छ। तिम्ता खेतीबाट जीवन लखपति बन्ने सपना बोकेर उनी लागिरहेका छन्। बिउ प्रतिकिलो २५ हजार रुपैयाँ बिक्छ। चिराइतोको पात डाँठ र जरा समेत बिक्छ। जडिबुटीबाट मनग्य कमाउन सकिने स्थानीय किसान लामासिंगी तामाङ बताउँछन्। यहाँका किसान आम्दानीका लागि चिराइतो मात्र होइन चिराइतो, बोझो, पदमचाल, सतुवा, सुगन्धवालको खेतीमा लागेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.