भाटभटेनीको २७औं स्टोर दमकमा

भाटभटेनीको २७औं स्टोर दमकमा
सुन्नुहोस्

विराटनगर : भाटभटेनी समूहले झापामा दुईवटा सुपर स्टोर सञ्चालनमा ल्याएको छ। गत असोजमा बिर्तामोडमा स्टोर सुरु गरेको भाटभटेनीले बुधरबारदेखि १५० करोडका लगानीमा दमक बजारमा पनि स्टोर सञ्चालनमा ल्याएको हो। पूर्वपश्चिम राजमार्गनजिक दमक–९ चिया दोकान चोकमा सञ्चालनमा आएको भाटभटेनीको २७औं स्टोर हो। स्टोरको भवनले १ लाख ५० हजार वर्गफिट क्षेत्रफल ओगटेको छ। स्टोर २ लाख वर्गफिटमा फैलिएको छ।

null

दमकको भाटभटेनीमा २ तलाको बेसमेन्टसहित ७ तला छन्। बेसमेन्टलाई कार्यालय, प्याकिङ, भण्डारण र पार्किङका लागि छुट्याइएको छ। ​​​​​​​भुईंतलामा ग्रोसरी, खाद्यान्न, फ्रोजन सामग्री, हरियो तरकारी, मदिरा तथा पेय पदार्थ राखिएको छ भने पहिलो तलामा भाँडाकुँडा, घरायसी सामग्री, बालबालिकाका खेलौना, शृंगार प्रसाधन र स्टेसनरीका सामग्री रहेका छन्। 

null

दोस्रो तला ब्रान्डेड गार्मेन्ट तथा जुत्ता, अन्य गार्मेन्ट, सारी र कुर्तासुरुवाल, तेस्रो तलामा टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, पंखा लगायतका इलेक्ट्रोनिक सामग्री, जुत्ता, गलैंचा, लगेज ब्याग, कुसन, बेड कभर र सबै प्रकारका ब्याग आदि राखिएको छ। चौथो तला फुड पार्कका लागि छुट्याइएको उनको भनाइ छ। स्टोरको सञ्चालनसँगै यस तलामा पेपे पिज्जा र हिमालयन मोमोले कारोबार सुरु गरिसकेका छन्।

पाचौं तलामा बच्चाका लागि खेल्ने ठाउँ बनाइएको छ। यस तलामा बच्चाका लागि स्केटिङको पनि व्यवस्था छ। यही तलामा २ वटा मल्टीप्लेक्स निर्माणाधीन रहेको र केही समयमै सञ्चालनमा आउने भट्टराईले बताए। नयाँ स्टोरमा २५० जनाले रोजगारी पाउने छन्। 

null​​​​​​​

नयाँ स्टोरको उदघाटन गरेपछि भाटभटेनीका अध्यक्ष एवम् प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले भाटभटेनीलाई सुचारु बनाउन सरकार, आपूर्तिकर्ता र आमउपभोक्ताबाट धेरै माया र सहयोग पाएको बताए।

कोशी प्रदेशमा अब भाटभटेनीका ५ वटा स्टोर भएका भाटभटेनीका व्यवस्थापक विनोद भट्टराईले बताए। सुनसरीको इटहरी र धरान, मोरङको विराटनगर र झापाको बिर्तामोड र दमकमा भएका स्टोर रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.