बागमतीमा कांग्रेसका ६ मन्त्रीले दिए राजीनामा
![बागमतीमा कांग्रेसका ६ मन्त्रीले दिए राजीनामा](https://annapurnapost.prixacdn.net/media/albums/431095932_1093691178536399_7334828847988461863_n_01b3KIFcWu_q8ogWauwM7.jpg)
हेटौंडा : केन्द्र सरकारमा सत्ता समिकरण बदलिएसँगै बागमती प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेका ६ जनाले आज राजीनामा दिएका छन्।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको नेतृत्वमा रहेको मौजुदा मन्त्रिपरिषदमा कांग्रेसको तर्फबाट रहेका ६ जना मन्त्रीहरूले मुख्यमन्त्री जम्कट्टेलकै कार्यकक्षमा सामूहिक राजीनामा पेस गरेका हुन्।
आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामा, खानेपानी उर्जा तथा सिँचाइमन्त्री तीर्थ लामा, उद्योग वाणिज्यमन्त्री रामकृष्ण चित्रकार, पर्यटन संस्कृति एवम् सहकारीमन्त्री पुकार महर्जन, स्वास्थ्यमन्त्री उत्तम जोशी र वन तथा वातावरण मन्त्री मसिना खड्काले राजीनामा दिएका हुन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)