डेढ अर्ब लगानीमा खुलेको होण्डाको एसेम्बलि प्लान्ट उद्घाटन
काठमाडौं : होन्डाका दुईपांग्रे सवारीको एसेम्बली अब नेपालमै हुने भएको छ। होन्डा मोटरसाइकलको मुख्य बिजिनेस युनिटका भाइस–प्रेसिडेन्ट मिनोरु कातोले भैरहवामा होन्डाको ‘एसेम्बली प्लान्ट’को उद्घाटन गरे।
औपचारिक कार्यक्रममा होन्डाका विभिन्न स्वदेशी तथा विदेशी प्रतिनिधिको उपस्थिति थियो। १ अर्ब ५० करोड रुपैयाँ लगानीमा २ लाख वर्गफुटको क्षेत्रफलमा रहेको प्लान्टले १ लाख वटा मोटरसाइकल र स्कुटर उत्पादनको क्षमता राख्छ। होन्डाले विगत ५५ वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा उपस्थिति जनाउँदै आएको छ। ब्रान्ड नेपालमै सर्वाधिक बिक्री हुने दुईपांग्रे सवारी हो।
होन्डाको नेपालका लागि अधिकृत विक्रेता स्याकार ट्रेडिङ कम्पनीका अनुसार नवस्थापित एसेम्बली प्लान्टसँगै आफ्नो सहायक कम्पनी हिमाल मोटोमार्फत उत्पादनको बिक्री वितरण, पाटपुर्जाको उपलब्धता र सर्भिसिङको सेवा झनै सहज र सुलभ हुनेछ।