इसेवाबाट जीवन बीमाको प्रिमियम तिर्दा ५० हजारसम्म फाइदा

इसेवाबाट जीवन बीमाको प्रिमियम तिर्दा ५० हजारसम्म फाइदा
सुन्नुहोस्

काठमाडौं : सुरक्षित जीवन तथा परिवारको भविष्य सुनिश्चित गर्नका लागि जीवन बीमा अत्यवश्यक रहेको कारणले नेपालमा जीवन बीमाको बढ्दो संख्या बढ्दो क्रममा रहेको छ। 

साथै समय व्यस्तताका कारण घरायसी तथा व्यावसायिक भुक्तानीका लागि अनलाइनका माध्यमहरूको लोकप्रियता पनि बढिरहेको छ। यी दुवै कुराहरूलाई मध्यनजर गर्दै नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक संस्था इसेवा प्रालिले एउटा विशेष अफर लिएर आएको छ। 

यस अफरअन्तर्गत इसेवा एप वा वेबबाट नेपालभरिमा कुनै एक जीवन बीमा कम्पनीको प्रिमियम तिर्ने एक भाग्यशाली विजेताले बम्परमा आफ्नो रोजाईको पुरस्कार पाउने छन्। पुरस्कार राशि नगद ५० हजार बराबरको हुनेछ। 

यस विशेष अफरको बम्पर पुरस्कार विजेताले नगद ५० हजार रुपैयाँ वा ५० हजार बराबरको ल्यापटप वा ५० हजार बराबरको स्मार्टफोन जित्न सक्ने छन्। ५ भाग्यशाली विजेताले स्मार्टवाच तथा थप ५ भाग्यशाली विजेताले एयरबड्स जित्न सक्नेछन्। यसका साथै इसेवा बाट पहिलो पटक जीवन बीमाको प्रिमियम तिर्ने सबै प्रयोगकर्ताहरूले १०० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्ने छन्। 

क्यासब्याक पाउनको लागि इसेवाबाट प्रिमियम तिर्दा “LIFE100“ प्रोमोकोडको प्रयोग गर्नुपर्नेछ। इसेवाबाट प्रिमियम तिर्ने सबै ग्राहक यो अफरका लागि स्वचालित रुपमा योग्य रहनेछन् भने पुरस्कार जित्नका लागि प्रयोगकर्ताहरूको केवाईसी भने प्रमाणित भएको हुनु पर्नेछ। 

बम्पर पुरस्कार पुरस्कार विजेताहरूले २५% राजस्व कर तथा अन्य कुनै पनि सरकारी कर तिर्नुपर्नेछ। फागुन २० देखि चैत्र १० सम्म चल्ने यस विशेष अफरको विजेता भने अफर अवधि सकिएपछि फेसबुक लाइफमार्फत गोलाप्रथाबाट छनौट गरिनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.