जटिल बन्दै फोहोर व्यवस्थापन

जटिल बन्दै फोहोर व्यवस्थापन

मुलुकका कहलिएका निजी अस्पतालहरूमा पनि फोहोर व्यवस्थापनमा धेरै कैफियत देखिएका छन्। नमुना भएर देखाउनुपर्ने अस्पतालहरू आफैंले कमजोरी गर्दा रोगको उपचार गर्न आउने स्थान नै रोग उत्पादन स्थल बन्नु हुँदैन।

उत्पादन हुने क्षेत्रमा वर्गीकरण नगरे फोहोर गर्नेले नै शुल्क तिर्नपर्ने गरी फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति छ। तर, पनि त्यसकै आधारमा कानुन निर्माण गरी जिम्मेवारी पाएका तथा अधिकार क्षेत्रमा रहेका सबै स्थानीय तहले कार्यान्वयन गर्नुपर्ने हो। सबैलाई मान्य हुने गरी संघीय मन्त्रालयले कानुन निर्माणको अन्तिम चरणमा रहेको भनिए पनि आजसम्म मूर्तरूप लिन सकेको छैन। 

 फोहोरमैला पारिवारिक तथा आर्थिक क्रियाकलापको उपज हो। आधुनिक युगको सहरीकरण, औद्योगीकरण तथा नवजीवनशैलीको पाश्र्वप्रभावकै रूपमा फोहोर व्यवस्थापन ज्वलन्त चुनौती बन्दैछ। नेपालमा जनसंख्या वृद्धिसँगै भवन निर्माण, सवारीसाधन र उपभोग्य वस्तुको तीव्र विस्तारले वातावरणीय तथा पर्यावरणीय सन्तुलन खल्बलिएको छ। खानेपानीको अभाव छ।  ढल निकासको व्यवस्था छैन। अव्यवस्थित सहरीकरणले राजधानीमात्र होइन ठूला मध्यममात्र होइन साना सहरहरू पनि अत्यन्तै कुरूप तथा फोहोर बनाएको छ।

फोहोर दैनिकरूपमा बढेता पनि आजसम्म ६५ प्रतिशत बढी जैविक अर्थात् कुहिने फोहोर छ जस्लाई कम्पोस्ट मल बनाउन सकिन्छ भने ३५ प्रतिशत अजैविक फोहोरलाई पुनःप्रयोग गरी व्यवस्थापन गर्न सकिन्छ। विकसित देशहरूले फोहोरमैलालाई विभिन्न प्रविधिहरू अपनाएर फोहोरको उचित व्यवस्थापन गर्नुका साथै मनग्गे फाइदा लिइरहेका छन्। तर हामीजस्तो विकासोन्मुख देशहरूमा दिनानुदिन समस्या बन्दै जानुमा स्रोतसाधन र प्रविधिको कमीभन्दा पनि राजनैतिक प्रतिबद्धता, इच्छाशक्ति र अदूरदर्शिता प्रस्ट देखिन्छ। एकातिर फोहोरमैला व्यवस्थापनमा विकेन्द्रीकरण सिद्धान्त अपनाउनुपर्छ भने अर्काेतिर उत्पादकलाई जिम्मेवारी र सहभागिता गराउन त्यति नै जरुरी छ। फोहोर छुट्ट्याएर घरमै कम्पोस्ट मल बनाउनेलाई न्यून शुल्क, कर छुट, पहँेलो प्लेट टास र पुरस्कृत गर्ने कार्यक्रम तथा कम र बढी फोहोर उत्पादन गर्नेमा कम र धेरै रकम निर्धारण गर्न पालिकाहरूले नीति बनाउनैपर्छ। अफ्रिकी मुलुकहरू केन्या, सुडान, घाना, तान्जानियालगायतका देशमा विद्युतीय फोहोरको पहाडै बनेका छन्। नेपालमा वार्षिक २५ हजार टन विद्युतीय फोहोर उत्पादन हुने गर्छ जस्मा अत्यधिक वार्षिक भित्रिने ६० लाख मोबाइल सेट पर्दछ।

विद्युतीय फोहोर व्यवस्थापनका लागि कुनै ठोस काम भएका छैनन्। आवश्यक नीति पनि छैन। विद्युतीय फोहोर समस्यामात्र नभई अर्थाेपार्जनको राम्रो माध्यम पनि बन्न सक्छ। सुन, चादी, प्लाटिनमजस्ता बहुमूल्य धातु पनि फोहोरमा हुने भएकाले मोहर बन्छ। वातावरण विभागको सन् २०१७ को अध्ययनमा उक्त वर्ष उपत्यकामा मात्रै १७ हजार ७ सय ३० टन विद्युतीय फोहोर उत्पादन भएको थियो, तथापि हाल पाँच सय प्रतिशतले बढोत्तरी भइसकेको आशंका छ। 

 कुनै बेला दुर्गन्ध फैलिँदा बिरामी र आफन्त तथा आसपासका सर्वसाधारणको गालीसमेत खानुपर्ने तथा व्यवस्थापन टाउको दुखाइ भइरहेको फोहोरबाट भेरी अस्पतालले हाल मोहर कमाइ रहेको छ। प्लास्टिक र कागजजन्य फोहोर बिक्री गरेर मासिक ७० हजार आम्दानी गर्छ। संक्रमित रातो डिब्बामा गैरसंक्रमित नीलो र हरियो बाल्टिनमा दैनिक २ सय ५० किलो फोहोर उत्पादन हुन्छ। दैनिक १२ सय बिरामी आउने तथा ६ सय केजी फोहोर संकलन हुने लुम्बिनी अस्पतालमा पनि दुई सय केजी फोहोर निर्मलीकृत गर्न सकिने तीन वटा मेसिन जडान गरिएको छ। इन्सिनेरेटर, बाल्ने, जलाउने तथा सीधै नगरपालिकालाई दिने प्रवृत्ति अन्त भएको छ।

 एडीबीले गरेको नेपालको अध्ययनमा प्रतिव्यक्ति दैनिक औसत फोहोर उत्पादन ३ सय १७ ग्राम छ, जसअनुसार स्वास्थ्यजन्य तथा औद्योगिक फोहोरबाहेक वार्षिक नगरजन्य फोहोर २ करोड १८ लाख बढी मेट्रिकटन उत्पादन ह¬न्छ। उत्पादित फोहोरमा २० देखि २५ प्रतिशत पुनःचक्रन र पुनःप्रयोग भएको देखिन्छ भने अन्य अव्यवस्थित रूपमा विसर्जन हुने गरेको छ। ५० प्रतिशतभन्दा बढी फोहोर कुहिने खालका हुन्छन्। तुरुन्तै व्यवस्थापन नगरे एकातिर दुर्गन्ध आउने, रोगव्याधिको खतरा ह¬न्छ भने अर्काेतिर जैविक मल, कम्पोस्ट मल, बायोग्यास बनाउन सकिन्छ। नक¬हिने फोहोरमध्ये ३० देखि ४० प्रतिशतलाई पुनःचक्रण र पुनःप्रयोग गर्न सकिन्छ र यी गर्न नसकिने १० देखि २० प्रतिशत नक¬हिने फोहोरलाई ल्यान्डफिलमा लान र वातावरणीय सुरक्षताका साथ विसर्जन गर्न सकिन्छ।

दूषित पानीका कारण जन्डिस, हैजा, झाडापखाला, आउँ, हेपाटाइटिस, टाइफाइड र छालाजन्य तथा एलर्जिक समस्याहरू र मौसमी रोगहरूजस्तै शीतलहर र विभिन्न फ्लुको प्रकोप भइरहेको छ। शारीरिक व्यायामको अभावमा मोटोपनाको समस्या, मुटुरोग, मधुमेह, उच्च रक्तचाप, हृदयाघातजस्ता दीर्घरोगहरू बढ्दो छन्। एचआईभी, औलो, Ôयरोगको संक्रमणको जोखिम बढ्दो छ। वायु प्रदूÈण, मानसिक तनाव, धूमपान, मद्यपान, लागूऔÈध सेवन, हिंसा, लुटपाट, अस्वस्थकर खाना, ताजा हरियो सागपात र फलफूलको कमीले गर्दा सहरियाहरूको जीवन प्रत्यक पल जोखिमपूर्ण बन्दै गइरहेको पाइन्छ।

 फोहोरको डंगुरबाट झिंगा, लामखुट्टे, मुसा, चरा तथा गाडीका पाङग्रा, जुत्ता चप्पलबाट वरिपरि तथा घरभित्र संक्रमण पुग्दछ। रसाएको फोहोर पानी तथा अन्य जीवजन्तुबाट पानीका स्रोतहरू पनि संक्रमित हुन्छन्। जसबाट कीटजन्य, पानीजन्यलगायतका संक्रमणहरूले महामारीको रूप लिन सक्छन्। घरभित्रको फोहोरले इन्फलुएन्जा, रुघाखोकी, Ôयरोग, दादुरा, ब्रोड्डकाइटिस, लहरेखोकी, लुतो, एलर्जीलगायतका चर्मरोगहरू, श्वासप्रश्वासजन्य संक्रमण ल्याउ“छ भने मुसाबाट प्लेग, रेबिज, लामखुट्टेबाट औलो, कालाजार, इन्सेफलाइटिस, साङ्ला र माउसुलीबाट अन्य विभिन्न रोगहरू लाग्दछ। बंगुरको मलबाट नाम्ले किरा, भैंसी र राँगाको मलबाट सानो नाम्लेकिरा, कुखुरा तथा पंछीको मल तथा प्वाँखबाट बर्डफ्लुजस्ता रोग सर्न सक्छ। पानी संक्रमित भई नउमालेर पानी पिउ“दा टाइफाइड, हैजा, झाडापखाला, जन्डिस, जुका, भाइरल संक्रमणहरू लाग्दछ।

अस्पतालको फोहोर कुल फोहोरको १ प्रतिशत जति भए पनि निकै संक्रामक र खतरनाक हुन्छ। चिकित्साजन्य फोहोरमैलामध्ये ७५ देखि ८५ प्रतिशत अन्य घरेलुजन्य फोहोरमैला जस्तै हुने भए पनि बा“की अत्यन्तै हानिकारक हुन्छन्। 

डा.बुढाथोकी, नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.