डिफेन्डिङ च्याम्पियन आर्मी बाहिरियो, एपिएफ झापा गोल्डकपको फाइनलमा

डिफेन्डिङ च्याम्पियन आर्मी बाहिरियो, एपिएफ झापा गोल्डकपको फाइनलमा
सुन्नुहोस्

झापा : डिफेन्डिङ च्याम्पियन विभागीय टोली त्रिभुवन आर्मी छैटौँ झापा गोल्डकपको सेमिफाइनलबाटै बाहिरिएको छ। चार पटकको विजेता आर्मी अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफसँग स्तब्ध भएको छ। 

बिर्तामोडस्थित डोमालाल रंगशालामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीलाई १–० गोल अन्तरले हराउँदै एपिएफ पहिलो पटक झापा गोल्डकपको फाइनल प्रवेश गरेको छ। जितसँगै एपिएफले कम्तीमा ७ लाख रुपैयाँ पुरस्कार राशि सुरक्षित गरेको छ।

एपिएफले आर्मीको आत्मघाती गोलको उपहारबाट फाइनल यात्रा गरेको हो। एपिएफका विदेशी खेलाडी फोडे फोफोनाले प्रहार गरेको बल खेलको ७०औँ मिनेटमा आत्मघाती भएको थियो। फोफोनाको प्रहार आर्मीका रक्षक कमल थापालाई लाग्दै गोल भएको थियो।

पहिलो हाफमा दुवै टोलीले रक्षात्मक खेल खेलका थिए। खेलको ४२औँ मिनेटमा फोफोनाले दिएको क्रस पासमा एपिएफका अनिश महर्जनले गोल गर्न सकेनन्। ४७औँ मिनेटमा सर्ज सोङले पेनाल्टी एरियाबाट गरेको प्रहार बारको नजिकबाट बाहिरियो। ६९औँ मिनेटमा बुद्धिमान राईले पेनाल्टी एरियाबाट गरेको प्रहार फितलो भयो। 

आर्मीले भने सशस्त्र प्रहरीसँग रक्षात्मक खेल खेलेको थियो। आर्मीले सशस्त्रविरुद्ध खासै मुभ सिर्जना गर्न सकेन। खेलको ४३औँ मिनेटमा कप्तान भरत खवासले बक्सभित्र पाएको बललाई प्रहार गर्न नसक्दा खेलमा अग्रता लिन आर्मी असफल भएको थियो।

खेलको प्लेयर अफ द म्याच विजेता टोली सशस्त्र प्रहरीका फोडे फोफोना घोषित भए। उनले ११ हजार रुपैयाँ पुरस्कार पाए। शनिबार हुने अन्तिम सेमिफाइनल खेल चर्च ब्वाइज युनाइटेड र आयोजक झापा ११ बीच हुनेछ। प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुनेछ। फाइनल खेलको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.