सहिद रितबहादुर खड्का स्मृति भलिबल प्रतियोगिताको उपाधि मेलम्चीलाई
दोलखा : सहिद रितबहादुर खड्काको स्मृतिमा आयोजना गरेको प्रथम बागमती प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले हात पारेको छ।
दोलखा युवा सञ्जालले आयोजना गरेको प्रतियोगितामा दोलखाको जिरी नगरपालिकालाई पराजित गर्दै मेलम्चीले उपाधि जितेको हो। सिन्धुलीको कमलामाई नगरपालिका तृतीय भएको छ।
प्रतियोगितामा बागमती प्रदेश भित्रका १४ वटा टिमको सहभागिता रहेको थियो। प्रतियोगितामा विजेतालाई दुई लाख ५१ हजार, उपविजेतालाई एक लाख ५१ हजार र तृतीय हुने टिमलाई ५१ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।