लोपोन्मुख हायूलाई सांस्कृतिक सामग्री

लोपोन्मुख हायूलाई सांस्कृतिक सामग्री

काभ्रे : जिल्लाको रोशी गाउँपालिका १० वाल्टिङमा मात्र रहेका लोपोन्मुख हायू समुदायलाई रोशी गाउँपालिकाले विशेष संस्कृतिक सामग्री हस्तान्तरण गरेका छन्। शुक्रबार गाउँपालिकाका अध्यक्ष दिनेश लामाले लोपोन्मुख हायू समुदायका लागि चाहिने संस्कृतिक सामग्री हस्तान्तरण गरेका हुन्। 

हायू समुदायले जन्म देखि मृत्यु विभिन्न कार्यमा प्रयोग गर्ने संस्कृतिक सामग्री ढोल दुई थान, झ्याम्टा २ जोर, खोडा २ जोर, धनुस र तीर २ जोर, घण्टा एक जोर, पूजारी पोसाक सेट र महिला र पुरुष हायू पोसाक गहनासहित १० सेट दुई लाख बराबरको सामग्री हस्तान्तरण गरिएको पालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए। भूमेस्थान हायू समाजको सहकार्यमा हायू समुदायको संरक्षणका लागि गाउँपालिकाले सहयोग गरिएको लामाले बताए। हायू समुदायको संस्कृति राज्यको सम्पत्ति भएकाले संरक्षण र संवर्धन गर्न स्थानीय सरकारले जोड दिएको लामाले बताए। काभ्रेमै रोशीमा मात्र रहेको लोपोन्मुख हायू जातीको संरक्षण र उनीहरूको संस्कृति जोगाउनका लागि स्थानीय सरकारले विगतदेखि नै सहयोग गर्दै आएको पालिका अध्यक्ष लामाले भने। 

सामग्री लिदै हायू एकता समाजका केन्द्रीय अध्यक्ष लक्ष्मण हायूले हायू समुदायको अभिभावक भनेको सरकार भएको त्यो अनुभुति रोशी सरकारले दिलाएको उनले बताए। विकासको सूचकांकको हिसाबले हायू समुदाय पछाडि परेको र यस समुदायलाई उठाउन राज्यले सहयोग गर्नुपर्ने उनले जोड दिए। हायू समुदायको आफ्नै भाषा, लिपी र संस्कृति रहेको ती चिजहरू लोप हुँदै गएकोले हायू समुदायको भाषा, धर्म, संस्कार संस्कृतिको संरक्षण गर्न सरकारले सहयोग गर्नुपर्ने उनले बताए।

सामग्री हस्तान्तरणमा रोशी–१० का वडाध्यक्ष विकेन लामाले हायू समुदायको विकासका लागि वडाले काम गरिरहेको बताए। यहाँ भएका हायूहरूको आफ्नै भाषा बोल्ने नभएका भन्दै अब हायू समुदायले आफ्नो भाषा पनि सिक्नुपर्नेतर्फ लाग्नुपर्ने वडाध्यक्ष लामाले भने। कतै रहेका हायू अगुवा बाट हायू भाषा सिक्नका लागि हायू समाजलाई खोजी गर्न लामाले अनुरोध गरे। 

सामग्री लिँदै भुमेस्थान हायू समाजका अध्यक्ष आरती हायूले गाउँपालिका सरकारले हाम्रो पहिचान देखाउने सामग्री हस्तान्तरण गरेर हायू समुदायका लागि गरेको सहयोगप्रति खुशी व्यक्त गरिन्। 

रोशी गाउँपालिका वडा नं. १० वाल्टिङमा १० घर धुरी लोपोन्मुख हायू समुदाय बस्दै आएका छन्। पछिल्लो जनगनणा अनुसार काभ्रेमा हायू समुदायको जनसंख्या ८३ जना रहेका छन्। लोपोन्मुख हायू २० जनाले एसएलसी र १० जनाले बिएड पास गरिसकेको बिमला हायूले जानकारी दिइन्। 

हायू समुदायबाट ३ जना सरकारी जागिरमा रहेको एक जनाले सरकारी सेवाबाट अवकास लिएको उनले बताइन््। लोपोन्मुख हायू जाती लाई नेपाल सरकारले मासिक ४ हजार वितरण गर्दै आएको आएको छ। गाउँपालिकाबाट विभिन्न सामग्री पाएपछि हायू समुदायका हायूहरू ढोल, झ्याम्टा र घण्टी बजाएर कार्यक्रममा खुशीले नाचेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.