नेपाल-हङकङ फ्रेन्डसिप कप टी-ट्वान्टी क्रिकेट

१० ओभरमा हङकङको ८४ रन, डेब्यु खेलमा आकाशले लिए विकेट

१० ओभरमा हङकङको ८४ रन, डेब्यु खेलमा आकाशले लिए विकेट
तस्बिर : क्यान

काठमाडौं : नेपालविरुद्धको फ्रेन्डसिप कप टी-ट्वान्टी क्रिकेटको १० ओभर समाप्तिमा हङकङले २ विकेट क्षतीमा ८४ रन बनाएको छ । टस हारेर फिल्डिङको निम्तो पाएको घरेलु टोलीले ओपनर मार्टिन कोएट्जीको ३१ रनको योगदानमा ८४ रन बनाएको हो ।

१५ रनमा कप्तान निजाकत खानलाई गुमाएको हङकङले ३४ रनमा कोएट्जीलाई गुमाएको हो । खान शून्य रनमा आउट भए । नेपालका लागि आरिफ शेख र डेब्यु खेल खेलिरहेका आकाश चन्दले विकेट लिए ।

हङकङको मिसन रोड ग्राउन्डमा शनिबार नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो । मुख्य प्रशिक्षक मोन्टी देसाईले प्लेईङ सेटमा बिनोद भण्डारीलाई मौका दिएका छन् भने युवा खेलाडीहरुलाई अवसर दिएका छन् । नेपाली टिममा कप्ता रोहित पौडेलसहित कुशल भुर्तेल, आकाश चन्द,रासिद खान, सागर ढकाल, प्रतिस जिसी, गुलसन झा, सन्दीप जोरा, आरिफ शेख र विवेक यादव छन् ।

हङकङ भ्रमणमा रहेको नेपालले हङकङसँग एकमात्र टी ट्वान्टी फ्रेन्डसिप म्याच खेल्नेछ भने हङकङ र पपुवा न्युगिनीसँग त्रिकोणात्मक क्रिकेट सिरिज समेत खेल्ने तालिका छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.