फ्रेन्डसिप कप टी-ट्वान्टी क्रिकेट : हङकङविरुद्ध नेपालले लियो ४ विकेट
काठमाडौं : फ्रेन्डसिप कप टी-ट्वान्टी क्रिकेटमा नेपालले हङकङको ४ विकेट लिएको छ। टस हारेर फिल्डिङको निम्तो पाएको घरेलु टोली हङकङले ४ विकेट गुमाएको हो।
१३.३ ओभरमा नेपालका लागि रासिद खानले हङकङका जेमी एटकिन्सनको विकेट लिएका हुन्। उनी शून्य रनमा आउट भए। त्यस अगाडि १२.४ ओभरमा प्रतिश जिसीको बलमा हङकङका अन्श्या रथ क्याच आउट भएका थिए। रथले ३२ बलमा ३९ रन बनाए।
हङकङले १५ रनमा कप्तान निजाकत खानलाई गुमाएको हङकङले ३४ रनमा कोएट्जीलाई गुमाएको हो। खान शून्य रनमा आउट भए। नेपालका लागि आरिफ शेख र डेब्यु खेल खेलिरहेका आकाश चन्दले विकेट लिए।
हङकङका लागि बाबर हायातले अर्धसतक प्रहार गरेका छन्। अहिले हङकङले १४.२ ओभरमा ४ विकेटको क्षतिमा १२९ रन बनाएको छ। हायात ५२ र आजियाज खानले २ रन बनाएर खेलिरहेका छन्
हङकङको मिसन रोड ग्राउन्डमा शनिबार नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो। मुख्य प्रशिक्षक मोन्टी देसाईले प्लेईङ सेटमा बिनोद भण्डारीलाई मौका दिएका छन् भने युवा खेलाडीहरुलाई अवसर दिएका छन्। नेपाली टिममा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, आकाश चन्द, रासिद खान, सागर ढकाल, प्रतिस जिसी, गुलसन झा, सन्दीप जोरा, आरिफ शेख र विवेक यादव छन्।
हङकङ भ्रमणमा रहेको नेपालले हङकङसँग एकमात्र टी ट्वान्टी फ्रेन्डसिप म्याच खेल्नेछ भने हङकङ र पपुवा न्युगिनीसँग त्रिकोणात्मक क्रिकेट सिरिज समेत खेल्ने तालिका छ।