कालीकोटका महिलाले बजाए दमाहा

कालीकोटका महिलाले बजाए दमाहा
सुन्नुहोस्

कालीकोट : कालीकोटका महिलाले पहिलो पटक रैथाने पञ्चेबाजा दमाहा बजाएका छन्। जातीय विभेदलाई हटाउने उद्देश्यका साथ स्थानीय महिलाले दमाहा बजाएका हुन्। 

जिल्लाका विभिन्न स्थानीय तहमा अहिले पनि दमाहा दलित समुदायले मात्र बजाउने गरेका छन्। पुरानो संस्कार र चलनका विरुद्ध सांकेतिक रूपमा अब दलित समुदायले मात्र दमाहा बजाउने नभई महिला पुरुष दुवैले बजाउने चलन स्थापित गर्ने खाँडाचक्र नगरपालिका-१ निवासी मधु शाहीले बताइन्। उनले भनिन्,'अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिलाको सिप, कला, क्षमता प्रदर्शन गरेका छौं। दलित, महिला, फरक क्षमता भएका व्यक्तिलाई हुने खाने र आफूलाई ठूलो जात भन्नेहरूले अहिले पनि समाजमा विभेद गरिरहेका छन्। समाजमा रहेको महिला पुरुष बीचको खाडल भत्काउन हामीले दमाहा बजाएका हौं।'

स्थानीय अगुवा दलित अधिकारकर्मी रमेश नेपालीले २०६८ कात्तिक २१ गते तिलागुफा नगरपालिका-६ जुबिथामा चुलो छोएको निउँमा स्थानीय मनविरे सुनारको ज्यान गएको बताए। उनले भने, 'नरहरीनाथ गाउपालिका-८ कि मन्ना शार्कीको जनप्रतिनिधि भएको रिसमा २०७८ सालमा कुटिकुटि हत्या गरियो।'

 
शुभकालिका गाउँपालिकामा २०७६ सालमा पंख विश्कर्माले पैठको बेला मन्दिरमा चस्मा लगाई आएको आरोपमा कुटपिट गरी खुट्टा भाँचियो। यस्तै खाले कालीकोटमा दर्जनौ घटना छन्। स्थानीय प्रतिभा शाहीले भनिन्, 'कर्णालीको मौलिकपन पञ्चेबाजाको संरक्षण गर्नु सबैको दायित्व हो। तर कालीकोटमा दमाहा बाजा मरेको बल्लको छालाले बनाएको हुनाले दलितले मात्र बजाउनु पर्छ भन्ने चलन राम्रो नभएकाले नारी दिवसकै अवसरमा यस्तो कामको थालनी गरेका हौं।' पहिला बजाउँदा गाह्रो लागे पनि पछि सहज भएको प्रतिभाको अनुभव छ। 

श्रमिकको परिचय दिन र जस्तोसुकै काम गर्न पनि नारी सक्षम छन भनेर व्यावहारिक रुपमा प्रमाणित गर्नका लागि दमाहा बजाएको महिलाहरूले बताए। महिलाहरूले कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रचलित स्थानीय पञ्चेबाजा दमाहा बजाएर रमाएका हुन्। यसैगरी संविधान सभा सदस्य तुलराज बिष्टले पछिल्लो समय महिलाहरूमा सशक्तीकरण हुन थालेको बताए। उनले भने 'पुरुष सरह हामी पनि काम गर्न सक्छौं भन्ने उदाहरण दिन र विभेदका विरुद्ध आवाज उठाउन महिलाले दमाहा बजाएको समाजले सकारात्मक लिनु पर्छ।'
 
महिला सँगै बाजा बजाइरहेका पञ्चेबाजाकर्मी अमर नेपालीले आफूले सानैदेखि बजाउँदै आएकालाई समेत जटिल लाग्ने दमाहा महिलाले बिना लटपट बजाएको देख्दा आफू अचम्मित भएको बताए। नेपालीले भने, 'यसको ताल मिलाउन र ताल फेर्न जो कोहीले सक्दैनन्, तर महिलाले सुरुवातमै सबै ताल मिलाएर बजाउँदा आश्चर्य लागेको हो। एकापट्टी कर्णालीमा पञ्चेबाजाक्रर्मी अर्थात हुड्केउली पोशाकमा पुरुष थिए भने अर्कोतर्फ गुनियौँ चोलामा सजिएका महिलाले बाजा बजाइरहेका थिए। 

पहिलो पटक महिलाले दमाहा बजाएको देखेपछि हेर्नहरूको पनि उतिकै भीड थियो। यसअघि कतै पनि महिलाले कालीकोटमा दमाहा बजाएका थिएनन्।

 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.