कोशी प्रदेशमा पहिलोपटक होमस्टे सम्मेलन हुँदै

कोशी प्रदेशमा पहिलोपटक होमस्टे सम्मेलन हुँदै
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा दुई दिने होमस्टे सम्मेलन हुने भएको छ। पर्यटन मन्त्रालयअन्तर्गत पर्यटन प्रवर्द्धन शाखाको आयोजनामा प्रदेशमै पहिलोपटक होमस्टे सम्मेलन हुन आँटेको हो।

फागुन २९ गते र ३० गते उदयपुरको त्रियुगा नगरपालिका–८ राजाबासस्थित दनुवार सामुदायिक भवनमा हुन लागेको हो। होमस्टे सम्मेलनको तयारी तीव्र पारिएको पर्यटन प्रवर्द्धन शाखाका अधिकृत हेमराज अर्यालले जानकारी दिए।

उनका अनुसार सम्मेलनमा प्रदेशभरिका एक सय पाँचवटा निजी तथा सामुदायिक होमस्टेका प्रतिनिधिहरू सहभागी हुने छन्। होमस्टेलाई आफ्ना मौलिक खानाको प्रवर्द्धन गर्न मिल्ने गरी १३ वटा स्टलसमेत तयार पारिएको अधिकृत अर्यालले जनाए। ‘हामीले होमस्टे सञ्चालनको तयारी तीव्र पारेका छौं, यो सम्मेलनमा होमस्टे सञ्चालकले निःशुल्क रूपमा सहभागिता जनाउन सक्नुहुनेछ,’ उनले भने।

पर्यटन मन्त्रालयले विनियोजन गरेको १० लाख बजेटबाट आयोजना हुन आँटेको सम्मेलनमा होमस्टे सञ्चालकले आफ्ना मौलिक खानपानका बारेमा प्रस्तुति राख्न पाउने छन्।

होमस्टे महासंघ, कोशी प्रदेशसँगको समन्वयमा र प्रदेशका दुई पर्यटन कार्यालयको सहजीकरणमा उक्त सम्मेलन हुन लागेको हो। पर्यटन कार्यालय, धरान र पर्यटन कार्यालय, काँकडभिट्टाले सम्मेलनमा आवश्यक सहजीकरण गर्ने बताइएको छ।

सम्मेलनमा होमस्टे व्यावसायीबीच चिनजान, छलफल र अन्तरक्रिया हुने छ। त्यसबाहेक थारू समुदाय र दनुवार समुदायले सांस्कृतिक कार्यक्रम आयोजना गरी सम्मेलनलाई थप आकर्षित बनाउने छन्।

यस्तै, होमस्टे व्यवसायबारे कानुनी र व्यावसायिक जानकारी दिन प्रदेशस्तरीय होमस्टे बुकलेट पनि सार्वजनिक हुने छ। 


सम्मेलनको उद्घाटन पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती ‘सुशील’ ले गर्ने छन्। मन्त्रालयका सचिव विशाल घिमिरेको अध्यक्षतामा हुने सम्मेलनमा प्रदेशसभा उपसभामुख सिर्जना दनुवारसहित प्रदेश सांसदको उपस्थित रहने छ।

होमस्टे सञ्चालकहरूबीच अन्तरक्रिया होस् र त्यसले पर्यटन प्रवर्द्धनमा पनि टेवा पुगोस् भन्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गर्न आँटिएको मन्त्री उप्रेतीले जानकारी दिए।

‘प्रदेशभरिका होमस्टे व्यवसायीबीच चिनजान र अन्तरक्रिया गराउने लक्ष्यसाथ सम्मेलन गर्न लागेका हौं,’ उनले भने, ‘होमस्टेको नेटवर्क अझ बढाएर पर्यटन प्रवर्द्धनमा कसरी टेवा पुर्‍याउन सकिन्छ विषयमा व्यापक छलफल हुने छ।’ कोशी प्रदेशभरि जम्मा एक सय पाँच होमस्टे सञ्चालनमा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.