दुईजना थपेर प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार, स्वास्थ्यमन्त्री यादवले लिए शपथ
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुईजना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका छन्। जनता समावादी पार्टीबाट उपेन्द्र यादव र नवकिशोर साह सुडी मन्त्री बनेका हुन्।
उपेन्द्र यादव उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री र साह वनमन्त्री नियु्क्त भएका हुन्। आइतबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन।
नयाँ मन्त्रीसहित मन्त्रिमण्डल २२ सदस्यीय भएको छ।