सिद्धार्थ बैंकको ‘पिंक डेबिट कार्ड’
काठमाडौं : सिद्धार्थ बैंकले ‘सिद्धार्थ नारी बचत खाता’का ग्राहक लक्षित ‘पिंक डेबिट कार्ड’ सञ्चालनमा ल्याएको छ। बैंकले अन्तर्राष्ट्रिय महिला दिवस २०२४ का अवसरमा महिला स्वास्थ्यमा योगदान पुर्याउने उद्देश्यले ‘पिंक डेबिट कार्ड’ सञ्चालनमा ल्याएको हो।
महिला वर्ग लक्षित यस कार्डमार्फत गरिएको खरिदमा बैंकले कारोबार रकमको ०.१० प्रतिशत महिला स्वास्थ्यजन्य कार्यक्रमका लागि योगदान गर्नेछ।
यो नवीनतम योजनाले नगदरहित कारोबारलाई प्रोत्साहन गर्नुका साथै महिला स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्नका लागि अहम् भूमिका खेल्ने बैंकले विश्वास लिएको छ।
कार्डबारे विस्तृत जानकारीका लागि बैंकको नजिकैको शाखा कार्यालय, वेबसाइट, ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयरलगायतमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।