लय समातिरहेको पर्यटन

लय समातिरहेको पर्यटन
सुन्नुहोस्

सन् २०२३ मा नेपालीले आशा गरेभन्दा धेरै राम्रो संख्या अर्थात् १० लाख १४ हजार ८ सय ७६ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरे। जुन हाम्रा लागि धेरै राम्रो र प्रेरणादायी कुरो हो।

सन् २०२३ मा विश्वका विभिन्न देशमा १.३ अर्ब मानिस पर्यटक भई घुम्न निस्किए। यो संयुक्त राष्ट्रसंघ मातहत रहेको विश्व पर्यटन संगठनको तथ्यांक हो। जसअनुसार सन् २०१९ मा विश्व भ्रमण गर्न निक्लिएका पर्यटकको संख्या भेटाउन लगभग ११ प्रतिशत बाँकी छ। साथै समीक्षा अवधिमा अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटन उद्योगले १.४ खर्ब डलर आम्दानी गरेको छ। 

नेपालमा चाहिँ पर्यटन क्षेत्रबाट सरकारलाई कति विदेशी मुद्राबराबरको आम्दानी भयो ? व्यवसायीले आर्थिक रूपमा कति फाइदा गरे ? यस सम्बन्धमा सम्बन्धित निकायले तथ्यांकबाहिर ल्याइसकेको छैन। तर, सन् २०२३ मा नेपालीले आशा गरेभन्दा धेरै राम्रो संख्या अर्थात् १० लाख १४ हजार ८ सय ७६ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरे। जुन हाम्रा लागि धेरै राम्रो र प्रेरणादायी कुरो हो।  

अर्थतन्त्रमा पर्यटनबाट हुने कुल योगदान वा भनौं आम्दानीमा एकरूपता भने छैन। किनभने, यो क्षेत्रको कुल योगदान अर्थात् वार्षिक आम्दानी कहिले साह्रै कम देखिन्छ भने कहिले ठीकठीकै। जस्तो कि पर्यटन विभागका अनुसार आर्थक वर्ष २०७४/०७५ मा ६७ अर्ब ९ करोड ६० लाखबराबर विदेशी मुद्रा आम्दानी भयो। उक्त आम्दानी २०७५/०७६ मा बढेर ७५ अर्ब ८ करोड ५६ लाख पुग्यो। २०७६/०७७ मा भने ४८ अर्ब ७ करोड ५७ लाखमा खुम्चियो। २०७७/०७८ मा झनै ३ अर्ब ८८ करोडबराबर मात्रै विदेशी मुद्रा आम्दानी भयो। यस्तो अवस्था आउनुको मुख्य जड चाहिँ कोरोना महामारीको असर नै हो। सन् २०१९, २०२० र सन् २०२१ मा नेपाल मात्रै नभएर विश्वभरि नै कोरोना महामारीले गर्दा पर्यटन क्षेत्रमा नकारात्मक असर परेको थियो। तथापि २०७८/०७९ मा नेपालमा झन्डै दोब्बरले बढेर ११ अर्ब ३५ करोडबराबरको विदेशी मुद्रा आम्दानी भएको थियो। 

जे भए पनि विश्व पर्यटनका सन्दर्भमा कुरो गर्नुपर्दा सन् २०१८/१९ कोभन्दा बढी पर्यटक संख्या पुग्न चाहिँ २०२५/०२६ सम्म लाग्ने अनुमान छ। हुन त अझै कोरोना महामारी (कोभिड– १९) निमिट्यान्नै भएको हो त ? कि बीचमा फेरि अस्वाभाविक रूपमा नयाँ–नयाँ भेरियन्ट (उत्परिवर्तित रूपमा) लिएर विश्वव्यापी रूपमा फैलिने हो ? सो सम्बन्धमा हालसम्म कसैले पनि केही ग्यारेन्टी लिएका छैनन्। तर आशा गरौं, आगामी दिनमा कहिल्यै त्यस्तो अवस्था नआओस्, त्यस्तो नहोस्। हुन पनि कोरोना महामारी पैmलिएकोले त्यो समय सम्झँदा कहाली नै लागेर आउँछ। 

कोरोना महामारीपछि अहिले प्रायः सबै देशमा पर्यटनले गति लिएको छ। लय समातेको छ। नेपालमा सन् २०२० मा केवल २ लाख ३० हजार ८५ जना विदेशीले भ्रमण गरेका थिए। सन् २०२१ मा त झनै धेरै संख्यामा घटेर (अघिल्लो वर्ष अर्थात् सन् २०२० मा भन्दा आधा घटेर) १ लाख ५० हजार ९ सय ६२ जना विदेशी पर्यटकमात्रै नेपाल भ्रमणमा आएका थिए। जुन सन् २०२० को तुलनामा लगभग ४६ प्रतिशतले कम हो। तर सन् २०२२ देखि नेपाली पर्यटनले पनि विस्तारै लय समातेको छ।

त्यसैले गर्दा नै सन् २०२२ मा अनपेक्षित रूपमा नेपाल भ्रमण गर्न आएका विदेशीको संख्या बढेर ६ लाख १४ हजार ८ सय ६९ जना पुग्यो। त्यस्तै सन् २०२३ मा पनि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या बढेर १० लाख १४ हजार ८ सय ७८ जना पुग्यो। लगभग तीनवर्षे कोरोना महामारीकालपछि लगातार रूपमा नेपाल भ्रमणमा आउने विदेशीको संख्या बढे पनि उनीहरूले नेपालमा रहँदा, बस्दा गर्ने दैनिक खर्चको बढोत्तरी चाहिँ खासै हुन सकेको छैन। यो चाहिँ सोचनीय विषय देखिन्छ।  

‘द ग्लोबल इकोनोमी डटकम’ का अनुसार सन् २०२० मा नेपाल भ्रमण गर्न आएका विदेशीको आर्थिक योगदान (जीडीपी) मा ०.७१ प्रतिशत मात्रै रहेको देखिन्छ। सो तथ्यांकमा जनाइएअनुसार पर्यटनबाट सबैभन्दा धेरै योगदान (ग्रोस डेभलपमेन्ट प्रडक्ट–जीडीपी) आरुबा नामक सानो टापु देशको रहेको देखिन्छ। जुन देशको जीडीपीमा पर्यटनको योगदान ४१.२६ प्रतिशत थियो। दोस्रो देश माल्दिभ्स थियो।

माल्दिभ्सको जीडीपीमा पर्यटनको योगदान ३७.६१ प्रतिशत थियो। तेस्रोमा मकाउ थियो। मकाउको जीडीपीमा पर्यटनको योगदान ३७.०७  प्रतिशत थियो। चौथो स्थानमा एन्टिगुवा एन्ड बारबाडोेस थियो। उक्त सानो टापु देशको जीडीपीमा पर्यटनको योगदान चाहिँ २९.३७ प्रतिशत थियो। पर्यटनबाट आफ्नो देशको जीडीपीमा बढी योगदान गरेको पाँचौं देशमा चाहिँ सेसेल्स थियो। विश्वको भूगोलमा एकदमै सानो टापु देशको रूपमा रहेको सेसेल्सको जीडीपीमा पर्यटनको योगदान भने १९.२६ प्रतिशत थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.