आलु तथा कृषि प्रदर्शनीमा लालीगुराँसको जुसलाई प्राथमिकता
स्याङ्जा : स्याङजामा सञ्चालन भएको आलु तथा कृषि प्रर्दशनीमा लालीगुराँसको जुस प्राथमिकतामा परेको छ। गल्याङ नगरपालिका-६ स्थित भाल्थुम सामुदायिक होमस्टेले सञ्चालन गरेको स्टलमा राखिएकामध्ये लालीगुराँस फूलको जुस प्राथमिकतामा परेको हो।
होमस्टेका अध्यक्ष तीलबहादुर तरामगरलेका अनुसार लालीगुराँसको फूल प्रतिगोटा १० रुपैयाँ र जुस प्रतिगिलास २० रुपैयाँमा बिक्री भइरहेको छ।
च्याम्बर अफ कमर्श गल्याङले जिमुवामा प्रदर्शनी आयोजना गरेको हो।