आफ्नो नेतृत्वमा रहेका प्रदेश सरकारलाई सुरक्षित बनाउने कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष

आफ्नो नेतृत्वमा रहेका प्रदेश सरकारलाई सुरक्षित बनाउने कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष

काठमाडौं : नेपाली कांग्रेसले आफू नेतृत्वमा रहेको प्रदेश सरकारलाई सुरक्षित गर्न पहल गर्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा मंगलबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीसहित प्रदेशका नेताहरुको बैठकले आफू नेतृत्वमा रहेको प्रदेश सरकारलाई सुरक्षित गर्ने र अन्य प्रदेशमा पनि कांग्रेस नेतृत्वको सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो।

बैठकपछि सहमहामन्त्री जीवन परियारले सम्भावना बाँकी रहेका प्रदेशमा सरकार जोगाउने विषयमा छलफल भएको जानकारी दिए। सातै प्रदेशका बारेमा प्रदेश सभापतिहरूसँग जानकारी लिएको र कांग्रेस नेतृत्वमा रहेको प्रदेश सरकारलाई बचाउने प्रयासलाई जारी राख्ने निर्णय भएको उनले बताए।

त्यस्तै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रदेश सरकारको अवस्थाका बारेमा छलफल केन्द्रित रहेको र यथार्थ जानकारी लिने काम भएको बताए। त्यस्तै सदनमा विपक्षमा रहेका दलहरूसँग सहकार्य गरेर सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.