३ वर्षभित्र पार्टीलाई चन्दामुक्त बनाउने विप्लवको उद्घोष

३ वर्षभित्र पार्टीलाई चन्दामुक्त बनाउने विप्लवको उद्घोष
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द पत्रकार भेटघाट कार्यक्रममा बोल्दै। तस्बिर : भरतराज बिष्ट
सुन्नुहोस्

कालिकोट : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द्र विप्लवले केही वर्षभित्रै आफ्नो पार्टीलाई चन्दामुक्त बनाउने घोषणा गरेका छन्। सामूहिक स्याउ खेती गर्न जुम्ला पुगेर कालिकोटको सदरमुकाम मान्ममा पत्रकार भेटघाटमा उनले ३ वर्षभित्र पार्टीलाई चन्दामुक्त बनाई उत्पादनमा आत्मनिर्भर बनाउने उद्घोष गरेका हुन। 

'यो अभियान हामीले सुरुवात गरेका छौं। अन्य पार्टीलाई पनि उद्योग र उत्पादनशील काममा लाग्न प्रेरणा मिल्न सक्छ,' उनले भेन। जुम्ला र कालिकोटको फोइमहादेमा दश हजार स्याउका विरुवा रोपेर कालिकोटको सदरमुकाम मान्ममा पुगेका विप्लवले स्थानीयको जमिनमा स्याउ रोपेको बताए। आफ्नो पार्टीलाई तराई-मधेसमा धान, पहाडमा सुन्तला, हिमालमा स्याउ र जडिबुटी रोपेर आत्मर्निभर बनाई जनताको लगानी जनतामा फिर्ता गर्ने प्रतिवद्धता उनको थियो। 'अब पार्टीले चन्दा मागेर खाँदैन। ३ वर्षभित्र उत्पादनबाट अरूलाई दिने र खाने पार्टी बनाउँछौँ। जनताको खाएको अब तिर्छौं,' उनले भने।

'हाम्रो पार्टी सत्तामा हैन, कुर्सीमा हैन, कमिसन र घुस मागेर हैन, राज्यको ढुकुटी मासेर हैन, उत्पादन गरेर आफू खाने र गरिब जनतालाई खुवाउने अठोटका साथ यो कार्यको थालनी गरेका छौं,' उनले भने।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा कटाक्ष गर्दै उनले सत्ता ढाल्ने र सत्तामा जाने खेल नखेल्न आग्रह गरे। उनका अनुसार सरकार बनाउने र ढलाउने खेलमा लागेका संसदवादी दलहरूकै कारण नेपाल विकासमा पछाडि पारेको बताए। उनले वर्तमान सरकारले आशा भने जगाएको बताए। 'वामपन्थी दलहरूको एकताको कुरा चलिरहेकाले यही सरकारको पालामा केही काम गर्न सकिन्छ,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.